नेपालमा केपी ओलीको कार्यकालमा जस्तो भ्रष्टाचार कहिल्यै भएको थिएन : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा केपी शर्मा ओलीको कार्यकालमा जस्तो भ्रष्टाचार कहिल्यै नभएको आरोप लगाएका छन् ।

सोमबार ललितपुरमा आयोजित ‘नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक’ अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले ओलीमाथि यस्तो आरोप लगाएका हुन् ।

शोधनान्तर घाटाको प्रणेता केपी ओली र युवराज खतिवडा भएको प्रचण्डको दावी छ । साथै, सोही कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको अर्थतन्त्र संकटउन्मुख हुनुमा वर्तमान सरकारको मुख्य कारक रहेको बताएर बाहिरिएपछि प्रचण्डले यस्तो बताएका हुन् ।

यो पनि पढ्नुहोस
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?