बच्चा जन्माउन भर्ना गरेर श्रीमान खाना खान जाँदा गर्भवती बेपत्ता, देशकै नामुद अस्पतालमा शनसनी

काठमाडौं । राजधानीको एक अस्पतालमा देखा परेको घटनाले सबैलाई हैरान बनाएको छ ।

त्यहाँ लापरवाही भएको ठूलो घटना बाहिर आएको हो । भारतको राजधानी दिल्लीस्थित लालबहादुर शास्त्री अस्पतालमा भर्ना भएकी एक गर्भवती महिला आज (बिहीबार) बिहान बेपत्ता भएकी हुन् ।

परिवारले विगत केही घण्टादेखि महिलाको खोजी गरिरहेको भएपनि सुत्केरीबारे कुनै पत्तो नपाएपछि प्रहरीसँग सहयोग माग्यो । पूर्वी दिल्लीको लाल बहादुर शास्त्री अस्पतालमा भर्ना भएकी गर्भवती महिला अचानक बेपत्ता भएपछि त्रास फैलिएको छ ।

महिलाका पति विनोदका अनुसार उनकी श्रीमती रजनी ५ महिनाकी गर्भवती थिइन् । उनको स्वास्थ्य बुधबार बिहान अचानक बिग्रियो । त्यसपछि उनलाई लालबहादुर शास्त्री अस्पतालमा भर्ना गरियो ।