श्रीमान–ससुरालाई बेहोस बनाएर, नगद र गरगहना लुटेर प्रेमीसँग बुहारी फरार !

काठमाडौं । यतिबेला बिहेको सिजन चलेको छ । धेरैले यो मौसममा विवाह गर्छन् । कतिको बिहे भैसक्यो भने कोही तयारी गर्दैछन् ।

आज हामी विहे गरेका वा गर्ने तर्खरमा भएकाहरुका लागि आवश्यक सामाग्री लिएर आएका छौँ ।

घटना, भारत, उत्तर प्रदेशको सम्भलको हो । त्यहाँ एक महिला आफ्नो ससुराली घरबाट नगद र गहना लिएर फरार भएकी छिन् । महिलाले श्रीमान र ससुरालाई बेहोस बनाएर पैसा र गरगहना लिएर प्रेमीसँग भागेको आरोप छ । ती महिलाको विवाह भएको ४ महिना मात्रै भएको थियो ।

उनी अहिले फरार छिन् । ससुराले बुहारीविरुद्ध उजुरी दिएपछि सबै कुरा बाहिर आएको हो ।

चार महिनाअघि बिहे
घटना सम्भल जिल्लाको सदर कोतवाली क्षेत्रको हल्लु सराईको हो । जानकारी अनुसार चार महिनाअघि मनिषासँग एक युवकको विवाह भएको थियो । मनिषा मध्य प्रदेशको शिवपुरीको बासिन्दा रहेको बताइएको छ ।

ससुराले मनिषाको शिवपुरीका युवक हर्षसँग प्रेम सम्बन्ध रहेको आरोप लगाउँदै उनले विवाहबाट छुटकारा पाउन चाहेको आरोप लगाएका छन् ।

खानामा लागूऔषध
उजुरीका अनुसार मनिषाले घरबाट सामान चोर्नुअघि श्रीमान र परिवारका अन्य सदस्यलाई बेहोस बनाउने योजना बनाइन् । मनिषाले खानामा नशालु पदार्थ मिसाएर सबैलाई बेहोस गराएर पैसा र गहना लुटेर चोरेर सजिलै भागेको बताइएको छ ।

मनिषा साडी बाँधेर छतको ग्रिलबाट तल ओर्लेर प्रेमीसँग भागेको पीडित परिवारले बतायो । उजुरी अनुसार बिहान घरबाट नगद गहना हराएको परिवारका सदस्यले देखेँ । त्यसपछि दोस्रो तलाको कौसीको ग्रिलमा बाँधिएको सारी पनि फेला पर्यो ।

नगद र गरगहना
मनिषाका श्रीमानले भने, ‘सेप्टेम्बर १ मा मेरी श्रीमतीले खाना र दूधमा केही नशालु पदार्थ मिसाइदिइन् । लागुऔषधको असर परेपछि राति सबै परिवार सुतेपछि उनले घरमा राखिएको ७० हजार रुपैयाँ (एक लाख १२ हजार नेरु) नगद र गरगहना लिएर भागिन् । त्यसपछि घरको छतको ग्रिलमा सारी बाँधेर बाहिर झुण्ड्याएर त्यसको सहारा लिएर तल ओर्लिन् । उनी राति प्रेमी हर्ष शर्मासँग भागेकी थिइन् ।’

यस विषयमा प्रहरीलाई जानकारी गराइएको छ । वरपरको सीसीटीभी फुटेज पनि हेर्ने काम हुँदैछ । बाहिर आएको फुटेजमा मनिषा राति एक युवकलाई पछ्याइरहेको स्पष्ट देखिन्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।