आठ पेज लामो सुसाइड नोट लेख्दै काठमाडौँमा किशोर–किशोरीले ६ तला माथिबाट हाम्फाले, को हुन् उनीहरु ?

काठमाडौँ । काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तला माथिबाट हाम फालेर १४ वर्षीय किशोर किशोरीले आ त्म ह त्या गरेका छन् ।मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया किशोरी कृपिता जयसवाल छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उनीहरु प्रेमी प्रेमिका हुन । घटनास्थलमा अनिकेतले लेखेको ८ पेज लामो सुसाइड नोट भेटिएको छ ।

अनिकेतले नोटमा लेखेका छन्–‘हार्ड टु बि लिभिङ के, मैले बास्तवमै बाँच्ने उत्प्रेरण गुमाएको छु । र, आफैंलाई मार्ने उत्प्रेरण पाएँ ।’ डायरीमा लेखिएको मिति अनुसार साउन ३० मा अनिकेतले सुसाइड नोट लेख्न थालेका थिए ।

‘डियर डायरी’ सम्बोध गर्दै सो नोट लेखन शुरु गरिएको छ । नोटमा दिदीले कुटेको र सो कुटाइबाट परीक्षा दिन लागेको बेलासम्म दुःखी भएको कुरा उल्लेख गरिएको छ ।

आफ्नो सम्बन्धमा बावु आमाले अवरोध गरेको बारे नोटमा उल्लेख गरिएको छ । घटनास्थलमा (घरको ६ तलामा) भेटिएको नोटमा अनिकेतले लेखेका छन्–‘मुटुचाहिँ बाँचिरहेको छ, कारण कृपिता ।’

के गर्ने भन्नेबारे विषय नभएको र जीवनमा सँधै फेल भएको कुरा नोटमा लेखिएको छ । ‘म सँधै फेल हुन्छु’ नोटको अन्तिममा लेखिएको छ–‘योर्स अनिकेत ।’

उनीहरूले हाम फालेपछि तत्काल उपचारको लागि सिभिल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।