अभिनेत्री महालक्ष्मीले गरिन् चर्चित निर्मातासंग बिहे

तमिलको सानो पर्दाकी अभिनेत्री तथा चर्चित कार्यक्रम प्रस्तोता भिजे महालक्ष्मीले चर्चित निर्माता रविन्दर चन्द्रशेखरणसँग बिहिबार लगनगाँठो कसेकी छिन् ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले आफ्ना नजिकका साथीभाइ, परिवारका सदस्य र आफन्तबीच आन्द्रप्रदेशको तिरुमाला तिरुपतीमा विवाह गरेका हुन् ।

विवाहको तस्बिरलाई इन्स्टाग्राममा सेयर गर्दै महालक्ष्मीले लेखेकी छिन्, ‘तिमीलाई आफ्नो जीवनमा पाउँदा म निकै भाग्यमानी महसुस गरिरहेकी छु । तिमीले मेरो जीवनलाई न्यानो मायाले पूर्ण गरिदिएका छौ । लभ यु अम्मु ।’

महालक्ष्मीले विभिन्न तमिल टेलिश्रृङ्खला भानी रानी, अफिस, सेलामे, उथिरिपोक्कल, और कई ओसाईलगायतमा मुख्य भूमिका निर्वाह गरेकी छिन् ।

यता रविन्दरको आफ्नै निर्माण कम्पनी छ । उनले विभिन्न चर्चित टेलिश्रृङ्खला निर्माण गरेका छन् ।