एमाले नसकी हामी एकछिन पनि आराम लिनु हुँदैन: झलनाथ खनाल

सुर्खेत।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिमा लागिसकेपछि एकछिन पनि आराम लिन नहुने बताएका छन्। नेकपा एकीकृत समाजवादी सुर्खेतले बुधबार आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

उनले भने ‘विगतदेखि नै हाम्रो कम्युनिष्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिष्ट क्रान्तिमाथि प्रहार भयो। र, पार्टीभित्र पटक-पटक विद्रोह भयो। क्रान्तिमा लागिसकेपछि हामीले एकछिन पनि आराम लिनुहुँदैन। हामी अहिले नयाँ क्रान्तिमा आएका छौँ।’

विगतलाई नबुझी वर्तमान बुझिन्न र वर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले हाम्रो देशको परिवर्तन छापामार, र जनयुद्धबाट होइन, जनविद्रोहवाट सम्भव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको बताए।

संविधानको रक्षा गर्न, संसदलाई बचाउनका निम्ति र विचारलाई बचाइ राख्नको लागि आफूहरूले विद्राेह गरेकाे उनकाे भनाइ छ। अब समाजवादी क्रान्तिलाई अगाडि बढाउन लाग्नु पर्नेमा उनले जाेड दिए।

यो पनि हेर्नुहोस, डोटीमा गठबन्धनको उम्मेदवार बलायर कि आले ?
२२ जेठमा एकीकृत समाजवादी पार्टीले आफ्ना पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्‍यो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा समाजवादी पार्टीका चार मन्त्री सहभागी थिए ।

पार्टीले एक हप्ताको समयसीमा नै दिएर चारै मन्त्रीहरूलाई फिर्ता गर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादी पार्टीका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ थिए ।

उनीहरू चारै जनाले आफूलाई नसोधी पार्टीले निर्णय गरेको भन्दै प्रधानमन्त्री र सत्ताघटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर असन्तोष प्रकट गरे । सोही कारण समाजवादी पार्टीले गरेको २२ जेठको निर्णय असार पहिलो सातासम्म नै कार्यान्वयन भएन ।

समाजवादी पार्टीले उनीहरूको स्थानमा नयाँ मन्त्रीहरूमा शहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरलाई सिफारिस गरेको थियो ।

पार्टीले गरेको निर्णयलाई प्रधानमन्त्रीले रोकेपछि समाजवादी पार्टी र सत्ता गठबन्धन दलबीच चिसोपनासमेत उत्पन्न भएको थियो । असार पहिलो साता पार्टीको निर्णय कार्यान्वयन नभएको भन्दै समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार नै पुगेका थिए ।

उक्त भेटमा नेपाल र खनालले पार्टीले फिर्ता बोलाएका मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्रीहरू नियुक्त गर्न देउवालाई आग्रह गरे । तर, देउवाले भने मन्त्री आले र रामकुमारी झाँक्रीलाई सकेसम्म क्वाबिनेटमै राख्नुपर्ने अडान राखेँ ।

त्यो दिन प्रधानमन्त्री देउवाको समाजवादीका अध्यक्ष नेपाल र खनालसँग केही सवालजवाफ नै भएको थियो ।अन्ततः समाजवादी पार्टीले पहिलो चरणमा मन्त्री भएका सबै मन्त्री फिर्ता गरेर हाल नयाँ मन्त्रीहरू मेटमणि चौधरी, भवानी खापुङ, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई पठाइसकेको छ ।

देउवाले मन्त्री आलेलाई आफ्नै क्याबिनेट पार्टनर बनाइराख्नुको नाभीचाहिँ कैलाली र डोटी जोडिएको छ । प्रधानन्त्री देउवालाई सकेसम्म आले साथमा हुँदा आफ्नी श्रीमती आरजु राणा देउवालाई कैलाली–५ बाट प्रतिनिधिसभाको चुनाव जित्न सहज हुने अपेक्षा थियो ।

कैलाली– ५ का अधिकांश मतदाता डोटीबाटै बसाइँ सरेर आएका छन् । जसका कारण आरजुलाई चुनाव जित्न आले फ्याक्टर बन्ने अनुमान देउवाको रहेको कतिपय समाजवादीका नेताहरू नै बताउँछन् ।

समाजवादीका एक नेताको दाबीलाई मान्ने हो भने प्रेम आलेलाई ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावमा आलेलाई डोटीबाट नै टिकट दिन देउवासमेत सकारात्मक छन् । डोटीमा एक मात्रै निर्वाचन क्षेत्र छ ।

तर, स्थानीय तहको चुनावमा दुई नगरपालिका र ७ गाउँपालिकामध्ये दुई नगरपालिका र पाँचवटा गाउँपालिकामा विजयी भएको कांग्रेस आफ्नो दाबी नछोड्ने स्थानीय नेताहरू बताउँछन् ।

२०७४ को चुनावमा कांग्रेसका वीरबहादुर बलायरलाई पराजित गर्दै आले विजयी भएका थिए । यो पटक भने आलेको जनमत कमजोर देखिएको छ । डोटीमा एमाले र माओवादी केन्द्रले एक–एक गाउँपालिका जित्दा एकीकृत समाजवादी शून्य छ ।

तर, डोटीमा बलायरले आफ्नो दाबी नछोड्ने देखिन्छ । ‘डोटीबाट प्रदेशसभाका दुवै सिट र प्रतिनिधिसभाको एक सिटमा कांग्रेस नै लड्छ,’ बलायरले भने । जनमत नै नभएको एकीकृत समाजवादीको दाबी अर्थहीन भएको उनले बताए ।

प्रतिनिधिसभामा सदस्यका लागि तपाईंको दाबी हो भन्ने प्रश्नमा भने बलायरले व्यक्ति गौण कुरा रहेको र कांग्रेसले नै चुनाव लड्ने दाबी गरे । उता एकीकृत समाजवादीका नेता प्रेम आले भने डोटीबाट प्रतिनिधिसभाबाट आफू गठबन्धनको साझा उम्मेदवार भएको दाबी गर्छन् ।

‘म ७० र ७४ को निर्वाचनमा समेत विजयी भएको सांसद हुँ । स्थानीय तहको चुनावको परिणाम हेरेर सिटको दाबी गर्ने होइन । गठबन्धन पार्टीबीच हुने सहमतिअनुसार हुने हो । म नै उम्मेदवार हुने हो, यसमा दुई मत छैन्,’ आलेले भने ।डोटीमा आफ्नो व्यक्तिगत भोट नै राम्रो रहेको आलेको दाबी छ ।