केपी ओलीजत्ति लोकप्रिय नेता बिश्वमै कोही छैनः गोकर्ण विष्ट

काठमाडौं,।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी आफ्नै शक्तिका आधारमा निर्वाचनमा होमिने बताएका छन् । “हामी मूलतः आफ्नै शक्तिका आधारमा लड्छौं तर लोकतान्त्रिक, देशभक्त शक्तिसँगको तालेमलमा खुला नै छौं । संवाद त सबैसँग हुन्छ । तर फलानो पार्टी सँगै गर्छौं भन्ने निष्कर्षमा पुगिसकेका छैनौं,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विष्टले भने ।

कार्यकर्ता पंक्ति र जनताको साथल सहयोग र समर्थनले नै एमालेले बहुमत ल्याउने उनको दाबी छ । विष्टले भने, “हामीले सरकारमा रहँदा आधारभूत जनताको उत्थानका निम्ति पर्याप्त काम गरेका छौं । त्यो जनताले महसुस गरेका छन् । गठबन्धनलाई पराजित गर्ने या अस्वीकार गर्ने ताकत जनतासँग छ ।”

हतारमा तालमेल र एकता भएकाले नेकपा टिकाउ नभएको पनि उनले बताए । विष्टले थपे, “२०७४ मा एमालेलाई एकल बहुमत मिलेको थिएन । अहिलेसम्म नेकपा एमालेले बहुमत पाएको छैन । माओवादीसँग हतारमा तालमेल र एकता गरिएको थियो । माओवादी अलग हुनासाथ हामी अल्पमतमा पर्यौं । मलाई लाग्छ, त्यो एकता वामपन्थी आन्दोलनलाई कमजोर बनाउने हिसाबले भएको पनि हुन सक्छ ।”

केपी शर्मा ओली देशकै सबैभन्दा लोकप्रिय नेता भएकाले पार्टीले भावी प्रधानमन्त्री घोषणा गरेको पनि नेता विष्टको दाबी छ । उनले भने, “पार्टीको अध्यक्ष कमान्डर हो ।

केपी शर्मा ओली मुलुकको सबैभन्दा लोकप्रिय नेता पनि हो । त्यसैले भावी प्रधानमन्त्रीका रुपमा उहाँलाई पार्टीले अघि सारेको हो । ओली नेतृत्वको सरकारले नेपालको हितमा थुप्रै काम गरेको पनि छ । मानिस उमेरले युवा वा बूढो हुँदैन । मुख्य कुरा जनताका निम्ति कसले गर्न काम सक्छ भन्ने कुरामा आधारमा पार्टीले निर्णय गरेको हो ।”

तपाईंको निर्वाचन क्षेत्रमा त तपाईंकै पार्टीबाट निस्कनुभएकी रामकुमारी झाँक्री उठ्ने हुनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “गुल्मी–२ मेरो निर्वाचन क्षेत्र हो ।

अहिले पनि म त्यहाँकै बहालवाला सांसद हुँ । निर्वाचन आउँदै छ । कसैले उम्मेदवारी घोषणा गर्नुभएको हाला, कसैको बाँकी होला, नेपालको कानुनले योग्यता पुगेका सबैलाई निर्वाचनमा उठ्ने अधिकार दिएको छ । त्यसमा मेरो कुनै प्रतिक्रिया छैन । निर्वाचनमा को-को आउनुहुन्छ, को-को आउनुहुन्न, पछि नै निर्क्यौल होला ।”

यो पनि हेर्नुहोस, डोटीमा गठबन्धनको उम्मेदवार बलायर कि आले ?
२२ जेठमा एकीकृत समाजवादी पार्टीले आफ्ना पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्‍यो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा समाजवादी पार्टीका चार मन्त्री सहभागी थिए ।

पार्टीले एक हप्ताको समयसीमा नै दिएर चारै मन्त्रीहरूलाई फिर्ता गर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादी पार्टीका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ थिए ।

उनीहरू चारै जनाले आफूलाई नसोधी पार्टीले निर्णय गरेको भन्दै प्रधानमन्त्री र सत्ताघटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर असन्तोष प्रकट गरे । सोही कारण समाजवादी पार्टीले गरेको २२ जेठको निर्णय असार पहिलो सातासम्म नै कार्यान्वयन भएन ।

समाजवादी पार्टीले उनीहरूको स्थानमा नयाँ मन्त्रीहरूमा शहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरलाई सिफारिस गरेको थियो ।

पार्टीले गरेको निर्णयलाई प्रधानमन्त्रीले रोकेपछि समाजवादी पार्टी र सत्ता गठबन्धन दलबीच चिसोपनासमेत उत्पन्न भएको थियो । असार पहिलो साता पार्टीको निर्णय कार्यान्वयन नभएको भन्दै समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार नै पुगेका थिए ।

उक्त भेटमा नेपाल र खनालले पार्टीले फिर्ता बोलाएका मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्रीहरू नियुक्त गर्न देउवालाई आग्रह गरे । तर, देउवाले भने मन्त्री आले र रामकुमारी झाँक्रीलाई सकेसम्म क्वाबिनेटमै राख्नुपर्ने अडान राखेँ ।

त्यो दिन प्रधानमन्त्री देउवाको समाजवादीका अध्यक्ष नेपाल र खनालसँग केही सवालजवाफ नै भएको थियो ।अन्ततः समाजवादी पार्टीले पहिलो चरणमा मन्त्री भएका सबै मन्त्री फिर्ता गरेर हाल नयाँ मन्त्रीहरू मेटमणि चौधरी, भवानी खापुङ, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई पठाइसकेको छ ।

देउवाले मन्त्री आलेलाई आफ्नै क्याबिनेट पार्टनर बनाइराख्नुको नाभीचाहिँ कैलाली र डोटी जोडिएको छ । प्रधानन्त्री देउवालाई सकेसम्म आले साथमा हुँदा आफ्नी श्रीमती आरजु राणा देउवालाई कैलाली–५ बाट प्रतिनिधिसभाको चुनाव जित्न सहज हुने अपेक्षा थियो ।

कैलाली– ५ का अधिकांश मतदाता डोटीबाटै बसाइँ सरेर आएका छन् । जसका कारण आरजुलाई चुनाव जित्न आले फ्याक्टर बन्ने अनुमान देउवाको रहेको कतिपय समाजवादीका नेताहरू नै बताउँछन् ।

समाजवादीका एक नेताको दाबीलाई मान्ने हो भने प्रेम आलेलाई ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावमा आलेलाई डोटीबाट नै टिकट दिन देउवासमेत सकारात्मक छन् । डोटीमा एक मात्रै निर्वाचन क्षेत्र छ ।

तर, स्थानीय तहको चुनावमा दुई नगरपालिका र ७ गाउँपालिकामध्ये दुई नगरपालिका र पाँचवटा गाउँपालिकामा विजयी भएको कांग्रेस आफ्नो दाबी नछोड्ने स्थानीय नेताहरू बताउँछन् ।

२०७४ को चुनावमा कांग्रेसका वीरबहादुर बलायरलाई पराजित गर्दै आले विजयी भएका थिए । यो पटक भने आलेको जनमत कमजोर देखिएको छ । डोटीमा एमाले र माओवादी केन्द्रले एक–एक गाउँपालिका जित्दा एकीकृत समाजवादी शून्य छ ।

तर, डोटीमा बलायरले आफ्नो दाबी नछोड्ने देखिन्छ । ‘डोटीबाट प्रदेशसभाका दुवै सिट र प्रतिनिधिसभाको एक सिटमा कांग्रेस नै लड्छ,’ बलायरले भने । जनमत नै नभएको एकीकृत समाजवादीको दाबी अर्थहीन भएको उनले बताए ।

प्रतिनिधिसभामा सदस्यका लागि तपाईंको दाबी हो भन्ने प्रश्नमा भने बलायरले व्यक्ति गौण कुरा रहेको र कांग्रेसले नै चुनाव लड्ने दाबी गरे । उता एकीकृत समाजवादीका नेता प्रेम आले भने डोटीबाट प्रतिनिधिसभाबाट आफू गठबन्धनको साझा उम्मेदवार भएको दाबी गर्छन् ।

‘म ७० र ७४ को निर्वाचनमा समेत विजयी भएको सांसद हुँ । स्थानीय तहको चुनावको परिणाम हेरेर सिटको दाबी गर्ने होइन । गठबन्धन पार्टीबीच हुने सहमतिअनुसार हुने हो । म नै उम्मेदवार हुने हो, यसमा दुई मत छैन्,’ आलेले भने ।डोटीमा आफ्नो व्यक्तिगत भोट नै राम्रो रहेको आलेको दाबी छ ।