साउदीमा सडक दुर्घटनामा हेमराजले गुमाए हात, कम्पनी भन्छ- ‘जे गर्न सक्छन् गर’

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका दाङ घर भएका हेमराज खत्रीले सडक दुर्घटनामा एक हात गुमाएका छन् । उनी हाल साउदीको रियादमा अलपत्र परेका छन् ।

मध्यम वर्गीय परिवारमा जन्मिएका खत्री वैदेशिक रोजगारीको क्रममा पाँच महिना अघि साउदी पुगेका उनी साउदीको रियादस्थित सम्प्रायर्स कम्पनीमा कार्यरत थिए । काम गर्न जाने क्रममा उनी सडक दुर्घटनामा परेका थिए ।

दुर्घटना भएलगत्तै उनलाई हस्पिटलमा लगेपनि उनले आफ्नो एक हात गुमाउन पुगे । सवारी दुर्घटनामा परेर एउटा हात कुम नीर काटिएको अवस्थामा उनको कम्पनीले नेपाल खाली हात पठाउन लागिएको अवस्थामा सामाजिक ब्यक्तित्व मार्फत नेपाली राजदूतावासको उनी सम्पर्कमा पुगेका थिए ।

दूतावासको सरहरुले प्रत्यक्ष भेट गरि ईन्सुरेन्स लागि कम्पनीलाई पहल गर्न लगाएको करिब एक महिना भइसक्यो तर अहिले कम्पनीले फोन पनि रिसिभ नगर्ने भन्दै पिडीत खत्रीले दुखेसो पोखे । ‘अहिले कम्पनीले त जे गर्न सक्छन् गर’ भन्दै केहि वास्ता समेत नगरेको उनले बताए ।

स्वदेश फिर्ता हुने आशामा रहेका खत्रीको अवस्थालाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीहरुले हेमराज खत्रीको लागि सहयोग अभियान संचालन गरिरहेका छन् । पीडितको घरमा उनका वृद्द बुवा आमा र श्रीमती रहेकी छन् ।

अर्थतन्त्र लयमा : अर्थमन्त्री शर्मा
काठमाडौँ, १८ भदौ (रासस) :
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताउनुभयो ।

मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताउनुभयो । उहाँले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य वातावरण रहेको बताउनुभ्यो । कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उहाँले आग्रह गर्नुभयो ।