भर्खरै राजनीतिमा अर्को तहल्का: ठुलो बिद्रोहको तयारी गर्दै ओली शरणमा पुगे शेखर, मिलेर चुनाव लड्ने सहमति

१६ भाद्र, काठमाडौं ।

गठबन्धनको सीट बाँडफाँट पेचिलो बनिरहेका बेला नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

ओली गृहजिल्ला झापा जानुअघि कांग्रेसभित्रको प्रतिपक्षी समूहका नेता कोइरालासँग डेढ घण्टाभन्दा बढी छलफल भएको कोइरालानिकट स्रोतले जनाएको छ ।

ओलीसँगको भेटबारे कोइरालाले औपचारिक प्रतिक्रिया दिन मानेनन् । बालकोट स्रोतका अनुसार समसामयिक विषयमै दुई नेताबीच छलफल भएको हो । ओलीले गठबन्धनका नाममा प्रचण्ड-माधवको घाँडो नभिर्न कांग्रेस नेताहरूलाई सुझाव दिँदै आएका छन् ।

केही दिनअघि कांग्रेसका अर्का नेता डा .मिनेन्द्र रिजालले पनि बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए । त्यसलगत्तै ओलीसहितका नेताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

कांग्रेसका एक नेताले भने, ‘ओलीजीले माधव नेपालको केही अर्थ छैन, प्रचण्डले कांग्रेसले सीट नदिए एमालेसँग मिल्छु भनेर तपाईँहरूलाई त्रासमा राखेका छन् तर ढुक्क हुनुस् कुनै हालतमा एमालेले यो चुनावमा माओवादी बोक्दैन त्यसैले एक्ला-एक्लै प्रतिस्पर्धा गरौं भनेर हाम्रा नेताहरूसँग भन्नुभएको छ । तर, कम्युनिष्टको भर छैन भनेर शेरबहादुर दाइ डराइरहनुभएको छ ।’

सीट बाँडफाँटमा एक सय निर्वाचन क्षेत्र नछाड्न बुधबारको बैठकमा पनि शेखर कोइराला पक्षले दबाब दिएको थियो । कोइराला पक्ष सीट बाँडफाँटदेखि टिकट वितरणसम्म देउवाले एकलौटी गर्ने त्रासमा छ । ओलीसँगको कोइरालाको भेटलाई पनि अर्थपूर्ण रूपमा लिन सकिने नेताहरू बताउँछन् ।

क्षेत्र बाँडफाँटदेखि टिकट वितरणमा समेत पाखा पारिने कांग्रेसका प्रभावशाली नेताहरूले एमालेसँग मिलेर चुनाव लड्नसक्ने चर्चा भइरहेका बेला ओली र शेखरको भेट भएको हो । कतिपय कांग्रेस नेताहरू ओलीलगायत एमाले नेताहरूसँग नियमित सम्पर्कमा छन् ।

देउवा र प्रचण्डबाट टिकट खोसिने कांग्रेस नेताहरुलाई एमालेले साथ दिने आश्वासन समेत प्राप्त भएको शेखरनिकट एक प्रभावशाली युवा नेताले बताए ।

पछिल्लो समय गोरखाकै उदाहरण दिने हो भने बाबुरामसमेत गठबन्धनको हिस्सा भएपछि कांग्रेसले प्रतिनिधिसभाका दुवै सीट नपाउने देखिन्छ । राजेन्द्र बजगाईँलगायतका नेताहरू केपी ओलीको सम्पर्कमा पुगेको स्रोतले जनाएको छ ।

कांग्रेसका ती नेताले भने, ‘सीट बाँडफाँट गर्दै देउवा इतर समूहका प्रभावशाली नेताका क्षेत्र माओवादी,समाजवादी र जसपालाई दिने षड्यन्त्र भइरहेको छ ।

टिकट वितरणमा पनि अन्याय भएपछि कांग्रेसमा ठूलो विद्रोह हुन्छ र त्यो विद्रोही समूहले केपी ओलीको साथ खोज्न सक्छ । उसैपनि गोविन्दराज जोशी र कर्ण मल्लहरूले ओलीको साथ पाइसकेका छन् भने यो संख्या बढ्ने त हो नि ।’

एमाले नेताहरूले पनि पार्टीले देशब्यापीरूपमा कसैसँग गठबन्धन नगर्ने भन्दै शेखर कोइराला पक्षसँग तालमेल हुनसक्ने बताइरहेका छन् ।

यो पनि, ओलीलाई हटाउने परमादेश जारी गर्दा केही न्यायाधीशलाई आश्वासन दिइएको राणाको खुलासा

निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई परमादेशमार्फत सत्ताच्युत गर्ने सन्दर्भमा सर्वोच्च अदालतको संवैधानिक इजलासका कतिपय न्यायाधीशहरुलाई आश्वासन दिइएको खुलासा गरेका छन् ।

महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा तत्कालीन संवैधानिक इजलासका अध्यक्षसमेत रहेका राणाले केही न्यायाधीशलाई आश्वासन दिएकै कारण असार २८ को फैसला आएको बताएका हुन् । उनको आसय दीपक कार्कीलगायतलाई आश्वासन दिइएको सन्दर्भमा हो ।

राणाले भने, ‘२०७८ असार २८ सम्म म ठीक हुने त्यसपछि नहुने किन ? परमादेशबाट प्रधानमन्त्री हटेको एमालेले महाअभियोग लगाउनुपर्ने हो किनभने फैसलापछि एउटा पक्ष असन्तुष्ट हुन्छ ।

तर, यहाँ त उल्टो परमादेशबाट फाइदा लिने पक्षले लगायो । म प्रस्ट भन्छु केही न्यायाधीशलाई आश्वासन दिइएको थियो ।’

माओवादी सांसद यशोदा सुवेदीको प्रश्नको जवाफ दिने क्रममा राणाले केपी ओलीविरुद्ध मुद्दा लिएर गएका निवेदक पक्ष (सत्ता गठबन्धन) ले केही न्यायाधीशलाई आश्वासन दिइएको दाबी गरे ।

राणाले थपे, ‘मेरोविरुद्ध न्यायाधीशहरुलाई म्यानिपुलेट गरियो । २०७८ असार २८ अगाडि महाअभियोग किन ल्याइएन ? मविरुद्ध बारदेखि मिडियासम्मलाई उचालियो । म प्रस्ट रुपमा भन्छु केही न्यायाधीशलाई असार २८ को फैसलाका बेला निवेदक पक्षले आश्वासन दिएको थियो ।’