एमाले नेतृत्वबाट ओली हट्ने हो भने सजिलै वाम एकता हुन्छ– प्रचण्ड

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको मूल नेतृत्वबाट केपी ओली हट्ने हो भने कम्युनिष्ट पार्टीका बीचमा सजिलै धु्रविकरण हुने बताएका छन् ।

नेत्र विक्रम चन्दको पार्टीबाट माओवादी केन्द्रमा फर्किएका नेता कार्यकर्तालाई माओवादी मुख्यालय पेरिसडाँडामा स्वागत गर्दै अध्यक्ष प्रचण्डले वाम एकताको अबरोध र ओली प्रबृति भएको टिप्पणी गरे । एमालेसँग एकता गर्नु गल्ती जस्तो देखिएपनि अन्तत आफूलाई त्यस्तो नलागेको र एमाले भित्र पनि हजारौंको संख्यामा क्रान्तिकारी कम्युनिष्टहरु रहेको उनले बताए ।

एमाले भित्र आफूहरुले बिऊ राखेर आएको तर्क गर्दै प्रचण्डले भने, ‘माओवादीहरु मात्रै मिलेर पनि हुँदैन सवै सच्चा कम्युनिष्टहरु एक हुनुपर्छ । माक्र्सवादलाई अवलम्बन गरेर राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवादको बाटोमा जानुपर्छ भन्नेहरु बाहिर पनि छन् । एमाले नेतृत्वमा ओली नहुने हो भने त्यो पार्टीका हजारौं कार्यकर्तालाई समाजवादको बाटोमा एकीकृत र केन्द्रीकृत गरेर लैजान सकिने रहेछ । एमालेमा पनि बिऊ रोपिएको छ । केही समयपछि त्यो फुल्छ, फल्छ ।’

यो पनि पढ्नुहोस : माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् ।

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

एमालेलाई झड्का: भक्तपुरमा महेस बस्नेतका खास दर्जनाैं युवाहरु माओवादीमा प्रवेश
राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका जिल्ला सदस्य अमृत सिलवाल माओवादी केन्द्र प्रवेश गरेका छन् ।सिलवालको नेतृत्वमा भक्तपुर सूर्यबिनायक नगरपालिकामा एमालेको राजनीति गर्दै आएका ३० भन्दा बढी एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको वाईसिएल नेपाल भक्तपुरका जिल्ला संयोजक नरेश रञ्जीतले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रं) का केन्द्रीय सदस्य एवम् भक्तपुर जिल्ला ईन्चार्ज दिलीप कुमार प्रजापतिको प्रमुख आथित्यतामा आयोजित एक कार्यक्रममा सिलवाललगायतका एमाले कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका हुन ।

उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य डिपी ढकाल, पार्टी जिल्ला संयोजक सुनिल गोथे, जिल्ला सचिब दिलकृष्ण तज, पार्टी बागमति प्रदेश सदस्य एवम् वाईसिएल नेपाल भक्तपुर जिल्ला ईन्चार्ज दिनेश थपलिया, बागमती प्रदेश सदस्य कल्पदिप राईलगायतको उपस्थिति रहेको थियो ।

बालकोट युवा क्लबका अध्यक्ष समेत रहेका सिलवालको नेतृत्वमा ३० जना भन्दा युवाहरुलाई माओवादी केन्द्रका भक्तपुर जिल्ला इन्चार्ज प्रजापतिले अविर तथा माला लगाएर स्वागत गरेका थिए ।

यो पनि हेर्नुहोस, कारबाही गर्नुपर्ने डा. गिरीलाई स्वास्थ्यमन्त्रीले सुम्पिए तालाचाबी – रोचक त के छ भने प्रतिष्ठानका उपकुलपति डा. गिरीविरुद्ध आन्दोलन गरेको घोपा बचाउ अभियानले उनकै नेतृत्वमा रहेको प्रतिष्ठानले महंगा र महत्वपूर्ण सामग्री खरिद गर्ने सम्झौता गरेको छ । सम्झौतामा प्रतिष्ठानको संस्थागत सुधार र क्षमता विकासभन्दा पनि खरिद र स्वार्थ जोडिएका विषयहरु समावेश गरिएका छन् ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा अनियमितता भएको भन्दै आन्दोलन गरेको घोपा बचाउ अभियानले आइतबार सबै कार्यक्रम स्थगित गर्‍यो ।

यससँगै अनियमिततामा मुछिएका र बर्खास्तको सिफारिसमा परेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई ठूलो राहत भयो । किनकी प्रतिष्ठानमा भएको बेथिति र अनियमितताविरुद्ध सुरु भएको आन्दोलन स्थगित गराउन भएको पाँचबुदे सम्झौतामा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ र घोपा बचाउ अभियानका संयोजक सुधन गुरुङसँगै डा. गिरीले पनि हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा बिरामीको चाप हेरेर डिजिटिल एक्सरे मेसिन लगायतका उपकरण जडान गर्दै जाने, खरिद प्रक्रिया पारदर्शी बनाउने, अनि सम्बन्धित निकायबाट अस्पतालको अनुगमन हुने लगायतका विषय छन् ।

साथै एमआरआई मेसिनको खरिद अनि प्रतिष्ठान सञ्चालनका लागि अपुग बजेट व्यवस्थापनको विषय पनि सम्झौतापत्रमा समेटिएको छ । अब स्वास्थ्य सामग्री खरिदका लागि टेण्डर आह्वान हुनेछ । सम्झौतापछि चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुको दरबन्दी व्यवस्थापन र छनोट प्रक्रिया सुरू हुनेछ ।

‘उपकुलपति डा. ज्ञानेन्द्र गिरी सफा नियतका मानिस होइनन् । दुईवटा छानबिन समितिले नै प्रतिष्ठानमा अध्ययन गर्दा उनलाई दोषी ठहर गरेको छ,’ प्रतिष्ठानका एक उच्च अधिकारीले भने, ‘जो दोषी छन्, उनैका लागि अनुकूल बनाउने काममा स्वास्थ्यमन्त्री भवानी खापुङ प्रयोग हुनुभयो ।’

रोचक त के छ भने प्रतिष्ठानका उपकुलपति डा. गिरीविरुद्ध आन्दोलन गरेको घोपा बचाउ अभियानले उनकै नेतृत्वमा रहेको प्रतिष्ठानले महंगा र महत्वपूर्ण सामग्री खरिद गर्ने सम्झौता गरेको छ । सम्झौतामा प्रतिष्ठानको संस्थागत सुधार र क्षमता विकासभन्दा पनि खरिद र स्वार्थ जोडिएका विषयहरु समावेश गरिएका छन् ।

प्रतिष्ठानको सुधारको माग अघि सारेर आन्दोलन एमआरआई, डिजिटल एक्सरे लगायतका उपकरण खरिद अनि टेण्डरको सम्झौतामार्फत स्थगित भएको छन् । स्वास्थ्यमन्त्री खापुङ समेत खरिद प्रक्रियामा संलग्न हुन सहमत भएका छन् । जबकी विवादास्पद पृष्ठभूमिका डा. गिरीको ‘ट्रयाक रेकर्ड’ स्वास्थ्य मन्त्रालयमै उपलब्ध छ ।

मन्त्रालयकै छानबिन प्रतिवेदनले उनलाई दोषी ठहर गर्दै कारबाही गर्नुपर्ने सिफारिस थियो । एकपछि अर्को गर्दै प्रतिष्ठानको बेथिति सार्वजनिक भएपछि गतवर्ष सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले अध्ययन गरेपछि प्रतिष्ठानमा अनियमितता र बेथिति रहेको र त्यसका लागि उपकुलपतिसहितका पदाधिकारी जिम्मेवार रहेको औंल्याएको थियो ।

त्यही प्रतिवेदनका आधारमा थप अध्ययन गर्न भन्दै मन्त्रालयले अर्को समिति बनायो । तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको नेतृत्वमा बनेको छानबिन समितिले प्रतिष्ठानका पदाधिकारीले पद अनुसारको दायित्व पूरा नगरेको आरोप लगाउँदै सिनेटमार्फत बर्खास्त गर्नुपर्ने सिफारिस गरेको थियो ।

उक्त प्रतिवेदनमा ‘प्रतिष्ठानमा हाल कार्यरत पदाधिकारीहरु उपकुलपति, शिक्षाध्यक्ष र अस्पताल निर्देशकले पद अनुसारको दायित्व पूरा नदेखिएकाले कारबाही गर्न सञ्चालक परिषद् समक्ष सिफारिस गर्ने’ उल्लेख थियो ।

दुवै प्रतिवेदनले प्रतिष्ठानका पदाधिकारीलाई नै दोषी देखाएपछि सरकारले ३० पुस २०७८ सालदेखि उनीहरुलाई काम गर्न रोक लगाएको थियो भने मन्त्रालयले १० माघमा १२औं तहका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवलाई उपकुलपतिको हैसियतमा काम गर्न पठाएको थियो । कर्मचारीको विरोधका कारण काम गर्ने वातावरण नभएको भन्दै डा. यादव काठमाडौं फर्किए ।

तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाले प्रतिष्ठानकै नियमावली अनुसार दैनिक आर्थिक, प्रशासनिक, शैक्षिक लगायतका काम गर्न अधिकार दिएर फेरि डा. यादवलाई पठाए । तर डा. गिरीले मुद्दा हालेपछि उनलाई काममा नलगाउनू भनी सर्वोच्च अदालतले अन्तरिम आदेश दियो । सर्वोच्चको आदेशपछि डा. गिरी प्रतिष्ठानको उपकुलपतिको हैसियतले फेरि काममा फर्किए । अदालतबाट यो विवाद समयमा निरुपण हुन नसक्दा उनले काम गर्न पाइरहेका छन् ।