टिकटक अकाउन्ट ब्याण्ड भएपछी दिदीबहिनी दुवै डिप्रेशनमा

काठमाडौ । टिकटकमा नाच्दै आएकी जलेश्वरकी दुई दिदी बहिनीको टिकटक आईडी बैन गरिदिएको छ । नेपालमा टिकटक बैन सँघर्ष समितिले केही दिन अगाडी महोत्तरीको सिडिओ र एसपीलाई टिकटक बैनको लागि ज्ञापन पत्र बुझाएको थियो ।

टिकटकमा छाडा गीतहरुमा नाच्दै वर्तमान समाजलाई अपच हुने खालको कामुक कुराहरु गरेर भिडियो बनाउने दुवै दिदीबहिनीको आईडी टिकटकले बन्द गरिदिएको छ ।

केटाहरुलाई लाईभमा बोलाउन “हमर फेफरा, हमर मुटु” जस्ता शब्दहरु भनेर कामुक कुराहरु गर्ने जलेश्वर बस्ने सोनाली मण्डल र सोनम मण्डललको आईडी टिकटकले बैन गरिदिएको हो । टिकटकमा केही पैसा कमाउनको लागि विदेश बस्ने युवकहरुसँग कामुक कुराहरु गरेर गिफ्ट लिने प्रवृति टिकटकमा देखिएको छ ।

टिकटकले गर्दा वर्तमान समाजलाई विकृतिको खाल्डोमा पुरयाइदिएको छ भने शिक्षाको स्तर दिनानुदिन न्यून हुँदै गएको छ । पहिला अध्ययन अध्ययापन गर्ने विद्यार्थीहरु अहिले पढाई लेखाई छाडेर मात्र टिकटकमा दिनरात लागिरहेको देखिएको छ ।

टिकटक बैन सँघर्ष समितिले जलेश्वरबाट दुई दिदीबहिनीको टिकटक आईडी बैन गरेपछि अब अर्का टिकटकको आईडी बैन गर्नको लागि सँघर्ष गरिरहेको बताइएको छ ।

याे पनि ः

चितवन । चितवनमा नारायणीको पुलबाट नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०३ –०३ प ५९२६ नम्बरको स्कुटर पुलमै रोकेर ती युवक साँझ ५.३० बजे नदीमा हाम फालेका हुन् ।

उनी हामफालेको थाहा पाउनेवित्तिकै प्रहरीले खोजी सुरु गरेको थियो । तर उनको अवस्था पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एक साता अघि पनि नारायणी पुलबाट एक युवती नदीमा हामफालेकी थिइन् ।

खाना निरिक्षणका लागि फुड इन्स्पेक्टर
काठमाडौ । काठमाडौं महानगरपालिकाको आठौं नगर बैठकले नगर प्रहरीको दैनिक भत्ता बढाउने प्रस्ताव गरेको छ।

बैठकले सडकमा फुटपाथ नियन्त्रणका लागि खटिने नगर प्रहरीको भत्ता बढाएर पाँच सय पुर्‍याउन प्रस्ताव गरेको छ।

महानगरले यसअघि नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको थियो। काठमाडौं महानगरका मेयर बालेन शाहको निर्देशन पछि सह-प्रवक्ता महेश काफ्लेले उक्त प्रस्ताव पेश गरेका थिए।

यस्तै काफ्लेले महानगरमा करार र अस्थायी गरी १३२ जना कर्मचारीहरू भएको बताए। ती कर्मचारीहरूको पनि सामाजिक सुरक्षा कोषमा पठाउन प्रस्ताव गरेका छन्।

यस्तै फुड टेक्नोलोजी पढेका विद्यार्थीहरूलाई रेष्टुराको खाना जाँच गर्न ‘फुड इन्सपेक्टर’ को रूपमा राखिने बताए। उनीहरूले मासु पसल, तरकारी पसलमा र रेष्टुरेन्टमा खाद्यान्नको निरीक्षण गर्ने बताए। त्यसका लागि पाँच जना करारमा कर्मचारी राखिने प्रस्ताव पेश गरेको छ।

बैठकमा डेंगु नियन्त्रण र रोकथामका लागि पनि काम गरिरहेको बताए। त्यसका लागि पानी जमेको ठाउँमा चुनको प्रयोग भइरहेको र खाल्डाखुल्डी पुर्ने काम भएको बताए। डेंगु नियन्त्रणका लागि जनचेतना फैलाउने काम भइरहेको उनले बताए।