म्याग्दीमा टीका सानु, राम गगन बिश्वकर्मा र निरा छन्त्यालले धुलो उडाउदै

महिलाहरुको महान चाड हरितालिका तीज २०७९ को पावन अवसरमा भकुण्डे सामुदायिक क्लवको आयोजनामा “बृहत साँस्कृतिक तथा खेलकुद कार्यक्रम – २०७९” हुने भएको छ । यस कार्यक्रम बेनी नगरपालिका वडा नं. २, ज्यामरुककोट, भकुन्डेमा हुँदै छ । भदौ १३ गतेका दिन खेलकुद कार्यक्रम हुनेछ भने १४ गते तीजको दिन बृहत साँस्कृतिक कार्यक्रम हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु टिका सानु, राम गगन बिश्वकर्मा, निरा छन्त्याल लगायत स्थानिय कलाकारहरुको बिशेष प्रस्तुती रहने छ । खेलकुद प्रतियोगितामा ज्यामरुककोट साविक वडा स्तरिय तर्फ प्रथम पुरस्कार ६६६६ रुपैया, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार ३३३३ रुपैया, मेडल र प्रमाण पत्र रहेको छ । खुल्ला गाँउ तथा नगरपालिका वडा स्तरिय पुरुष भलिवल तर्फ प्रथम पुरस्कार ४०,४४० रुपैया, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार २२, २२० रुपैया, मेडल र प्रमाण पत्र तोकिएको छ । प्रथम पुरस्कार प्रायोजन सेवा नेपालका निर्देशक राम प्रसाद शर्माले गरेका छन् ।

त्यस्तै पुरुष छेलो तर्फ ४००० रुपैया, खादा र प्रमाण पत्र, नारी तीज प्रतियोगिता तर्फ प्रथम पुरस्कार ४००० रुपैया र प्रमाण पत्र, द्धितिय पुरस्कार २५०० रुपैया प्रमाण पत्र, तृतिय पुरस्कार १५०० रुपैया र प्रमाण पत्र, खुल्ला नारी तीज गीत नृत्य प्रतियोगिता तर्फ प्रथम पुरुष पुरस्कार ३००० रुपैया र प्रमाण पत्र, द्धितिय पुरस्कार १५०० रुपैया र प्रमाण पत्र रहेको छ ।

थप जानकारीको लागी क्लव अध्यक्ष ईन्द्र ब. घिमिरे (ईश्वर) ९८६९६८३६२५, मेला संयोजक सोम बहादुर घिमिरे (सलन) ९८०५१७४६२४, खेलकुद संयोजक राजु परयार ९८२०६३१२१९ मा सम्पर्क सकिने छ ।https://youtu.be/I81NXhHz2QM