दिपक राज गिरी र दिनेश डीसीको सामाजिक सञ्जालमा चल्यो जुहारी

फिल्म उद्योगभित्रको तिक्तता बेलाबेला सामाजिक सञ्जालमा पाेखिन्छ। यो उद्योगमा एउटालाई पर्दा अर्कोले बोल्ने बानी पनि खासै छैन। एउटाको फिल्म प्रदर्शनमा अर्कोको साथ पाउनु मुस्किलजस्तै देखिन्छ। शुक्रबारदेखि रिलिज भएको फिल्म ‘प्रकाश’ले राम्रो शो पाएन। यो फिल्मको सट्टा हिन्दी फिल्म ‘लाइगर’ले राम्रो शो पायो। तर उद्योगका सरोकारवाला खुलेर बोलेनन्।

प्रदीप खड्का आफैं भने आफ्नो फिल्मले शो नपाएपछि आक्रामक देखिए। उनको ‘प्रकाश’ले प्रदर्शनको पहिलो दिन निकै कमजोर ओपनिङ गर्यो। शनिबार भने फिल्मले राम्रो व्यापार गरेको छ।

आफ्नो फिल्मका विषयमा प्रदीपले आक्रोश पोखिरहँदा कलाकार दीपकराज गिरीले स्टाटस लेखे, ‘अरूलाई पर्दा पनि बोल्ने गर, आफूलाई पर्दा त बाख्रा पनि कराउँछन्।’
उनले यो स्टाटसमा सकारात्मकभन्दा नकारात्मक कमेन्ट धेरै पाएका छन्। झरना थापा पनि स्टाटस लेखेर विवादमा परिन्।यता दीपकराजका गुरु दिनेश डीसीले प्रदीपको समर्थनमा स्टाटस लेखेका छन्।

शनिबार सुधारिएको ‘प्रकाश’ फिल्मको व्यापारबारे डीसीले लेखेका छन्, ‘बाघ र बाख्राको आवाजबीचको फरक आज दर्शकले नै छुट्याइदिनुभएछ। प्रदीप तपाईंले खेल्न इन्कार गरेका दुई फिल्मका प्रोड्युसरको डाहयुक्त स्टाटस देखें। आफ्नो प्रतिभाको उपयोग गर्नेसँग काम गर्नैपर्छ तर प्रतिभा र नामको युज मात्र गर्न खोज्नेबाट परै बस्नु राम्रो।

नगरपालिकाको वडा सदस्य हुनुभन्दा गाउँपालिकाको अध्यक्ष हुनु राम्रो। तिमी लिड गर्न नै जन्मिएका हौ।’

डीसीको यो स्टाटसमा प्रतिक्रिया दिँदै गिरीले लेखेका छन्, ‘हरेक फिल्ममलाई यस्तै साथ दिने बानी होस्।’

त्यसपछि पनि डीसीले जवाफ फर्काएका छन्। उनले लेखेका छन्, ‘तिमीले मलाई सिकाउनु पर्दैन।’

यो पनि :

गहिरो प्राकृतिक तरिका पनि हो । निद्राले शरीरका अंग र मन–मस्तिष्कलाई स्वस्थ राख्छ । स्वस्थ रहन पनि कम्तीमा आठ घन्टा चैनले निदाउन सक्नुपर्छ । तर, पछिल्लो समय मानिसमा निद्रा नलाग्ने समस्या बढेको छ । राति निदाउन कठिनाइ हुने, निदाइसकेपछि बीच–बीचमा निद्रा टुट्ने र बिहान धेरै चाँडै निद्रा खुल्ने र फेरि निदाउन गाह्रो हुने अवस्थामध्ये एक वा बढी अवस्थालाई अनिद्रा भनिन्छ । अनिद्रालाई रोग नै भन्न मिल्दैन । यद्यपि, मनोरोगका केही लक्षण गडबड भएर निद्रा बिग्रने हुन्छ ।

राति निदाउन कठिनाइ हुने, निदाइसकेपछि बीच–बीचमा निद्रा टुट्ने र बिहान धेरै चाँडै निद्रा खुल्ने र फेरि निदाउन गाह्रो हुने अवस्थामध्ये एक वा बढी अवस्थालाई अनिद्रा भनिन्छ 

निद्रा नै लाग्दैन, सुरुमा आउँदैआउँदैन, बेडमा गयो आँखा ट्वाल्ल हुन्छ । डिप्रेसनका बिरामीमा प्रायजसो सुरुमा अलिअलि निद्रा आउँछ । अनि निदाउनुहुन्छ । तर, बिउँझेपछि फेरि निदाउन गाह्रो हुन्छ । धेरै सोच आउनु, थकान हुनु निद्रा बिग्रने मुख्य कारण हुन् ।

के कारणले हुन्छ ?

एक्कासि आइपरेको मानसिक तनाव, क्षणिक उत्तेजित अवस्था, डर, डिप्रेसन, आत्तिने रोगजस्ता मानसिक रोगले गर्दा पनि अनिद्रा हुन्छ ।
लागुपदार्थको सेवन गरेका मानिसले तत्काल सेवन गर्न छोड्नु वा धेरै सेवन गर्नु ।

कम्प्युटर स्क्रिनमा धेरै समय बिताउने, मोबाइलको प्रयोग धेरै गर्नेलाई निद्रा बिग्रन्छ ।

बेडमा बसेर टिभी हेर्ने, बेडमा बसेर मोबाइल चलाउने, बेडमै बसेर पढ्ने बानीले पनि निद्रा लाग्दैन ।

कतिपय मानिसलाई बाहिरी कोलाहलका कारण पनिनिद्रा लाग्दैन ।
अनिद्राबाट कसरी बच्ने ?

बिहान समयमै उठेर दैनिक शारीरिक व्यायाम गर्ने ।

स्वस्थ खानेकुरा र जीवनशैली अपनाउने ।

सकेसम्म धेरै चिल्लो पदार्थ भएको खानेकुरा नखाने । >p>
कम र स्वस्थकर खाना खाने बानी बसाल्ने ।

बेलुकी १० देखि बिहान ६ बजेसम्म सुत्ने । दिउँसोसकेसम्म नसुत्ने ।

तनाव व्यवस्थापन गर्न प्रयास गर्ने ।