सरकारी इन्जिनियरको घरमा अनुगमन विभागको छापा, ३.६ करोड बढी बरामद

एजेन्सी । छिमेकी राष्ट्र भारतको पटनास्थित सरकारी इन्जिनियर सञ्जयकुमार राईको घरमा छापा हान्दा ३.६ करोड भन्दा बढी नगद बरामद गरिएको छ । गहना र कागजपत्र पनि बरामद गरिएको छ । इन्जिनियरको पोस्टिङ किशनगञ्जमा छ । अनुगमन विभागले छापा मार्दा उनीहरुको कालो धन र गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति खुलासा भएको हो ।

अनुगमन विभागका डीएसपी अरुणकुमार पासवानको नेतृत्वमा उक्त छापा मारिएको हो । पटना र अन्य ठाउँमा पनि छापा मार्ने काम भइरहेको छ । जानकारी अनुसार पटनास्थित ग्रामीण निर्माण विभागका इन्जिनियर सञ्जयकुमार राईको ठाउँमा सतर्कता टोलीले छापा मारेको थियो ।

ग्रामीण निर्माण विभागका घुसखोर इन्जिनियरको घरबाट तीन करोडभन्दा बढी नगद बरामद भएको हो । राजधानी पटनालगायत भ्रष्ट इन्जिनियरका ठाउँमा छापा मार्ने क्रम जारी रहेको बताइएको छ । नगद बाहेक गरगहना र जग्गाका कागजपत्र समेत बरामद भएको छ ।

किशनगञ्जको घरमा पनि छापा

पटनाबाहेक किशनगञ्जस्थित इन्जिनियर सञ्जय कुमार राईको घरमा पनि छापा मारिएको छ । अधिकारी किशनगञ्ज च्भ्इद्द कार्यालयमा तैनाथ छन् । अधिकारीको घर किशनगंजको लाइन मोहल्लामा छ । निगरानी विभागका डीएसपी अरुणकुमार पासवानको नेतृत्वमा यी छापा मारिरहेका छन् ।

बिहारका ४ स्थानमा छापा मारिएको छ जसमा किशनगञ्जका ३ र पटनाको १ स्थान रहेको छ । किशनगञ्जका तीन ठाउँमा छापा मार्दा एक ठाउँमा इन्जिनियरको निजी सचिवको घरबाट समेत २ करोड ५० लाख रुपैयाँ बरामद भएको छ । यो संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ ।

सोही क्रममा विभागका लेखापाल खुर्रम सुल्तानको घरमा दोस्रो छापा मारेर ११ लाख रुपैयाँ बरामद भएको थियो ।

याे पनि ः

झापा : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू किराँत लिम्बुवान प्रदेशको पक्षमा रहेको स्पष्ट पारेका छन्।

बिर्तामोडमा आयोजित नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाको सातौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पहिचानबिना प्रदेश १ को नामकरणलाई स्वीकार्न नसकिने बताएका छन्।

‘प्रदेश सरकारले निर्णय गर्न पाउने भए उहिले नै पहिचानसहितको नामकरण गरिसक्थेँ, उनले भने, ‘नामकरणको विषय सांसदले पास गर्नुपर्छ, संसद्‍मा नामकरणको विषय प्रवेश गराउँदा शतप्रतिशत भूगोलको पक्षमा मत खस्ने थियो।’

अनेकौँ प्रयास गर्दा पनि पहिचानसहितको नामकरण पारित गराउन नसकेको उनले स्वीकार गरे। उनले भने, ‘पहिचानसहितको नामकरणको पक्षमा सतिसाल भएर उभिँदा अराजक, मूर्ख, जातिवादीजस्ता आरोप आफूलाई लागाइयो।’ ‘पहिचानसहितको नामकरण बारेमा बोल्दा मेरै पार्टीका नेताहरूले मलाई मन पराएनन्।’

राजनीतिक हैसियत दाउमा राखेर पहिचानको पक्षमा उभिँदा आफू घृणाको शिकार हुनु परेको उनको भनाइ थियो।

उनले मातृभाषाको पठनपाठनमा हिचकिचाउने राज्यले मृत भइसकेको संस्कृत भाषाका लागि करोडौंको बजेट खेर फालिरहेको आरोप लगाए।

‘कामचलाउ नहुँदा मृत भइसकेको संस्कृत भाषा पढाउनका लागि सिङ्गो युनिभर्सिटी नै छ, विद्यार्थीभन्दा बढी शिक्षक नै छन्’ उनले भने, ‘सरकारले दिने बिदामा पनि विभेद छ।’

काठमाडौ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको विवाद अझै मिल्न सकेको छैन।

पञ्चा सिंह र पवन कार्की दुईजनाको नेतृत्वमा अलग अलग गतिविधि गर्दै आइरहेका बेला तीजको दर खाँदा पनि यसले निरन्तरता पायो।

काठमाडौ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको विवाद अझै मिल्न सकेको छैन।

पञ्चा सिंह र पवन कार्की दुईजनाको नेतृत्वमा अलग अलग गतिविधि गर्दै आइरहेका बेला तीजको दर खाँदा पनि यसले निरन्तरता पायो।

शनिबार अखिल क्रान्तिकारीका दुईवटा टिमले अलग ठाउँमा कार्यक्रम गरे।

रमाइलो त के छ भने पञ्चा सिंह नेतृत्वको समूहले क्वालिटी ब्याङ्क्वेटमा नाचगानसहित दर खाइरहँदा पवन कार्कीको समूह वृद्धाश्रममा पुगेको थियो।

कार्कीको समूहले भक्तपुरस्थित ॐ वृद्धाश्रममा वृद्धवृद्धाहरुलाई सम्मान तथा दर खुवाउने कार्यक्रम आयोजना गरेको छ।

लामो समयदेखि अखिल क्रान्तिकारीमा चर्किएको विवादले समानान्तर गतिविधि जारी छ।

दुई समूहले अलग अलग नेतृत्व नै बनाएर गतिविधि बढाइरहेका बेला तीजको दरमा पनि विभाजनले निरन्त