पूजा शर्माले प्रदीप खड्का माथि लगाइन यस्तो आरोप

अभिनेत्री पूजा शर्मा र विवादबीच नङ र मासुको जस्तै सम्बन्ध छ । न पूजा विवादबाट टाढा बस्न सक्छिन् न विवादले उनको साथ छोड्न सकेको छ । फिल्म ‘प्रेमगीत’यता उनलाई विवादले छाँयाझैं पछ्याइरहेको छ । अझ भनौं, उनी विवादलाई काखी च्यापेर हिँडिरहेकी छन् । उनी जे बोले पनि र जे गरे पनि विवादित हुने गरेको छ । हुन त सेलिब्रेटी भएपछि ताली र गाली सामान्य नै हो

फिल्म ‘म यस्तो गीत गाउँछु २’पछि उनले ‘रुन्चे हिरोइन’को नयाँ उपमा पाएकी छन् । यो फिल्मको प्रिमियरदेखि रिलिजसम्म उनले पल शाहको नाममा झारेको आँसुले काठमाडौंका हलहरु अझै ओभानो भइसकेका छैनन् । उनले आँसु झारेरै फिल्म चलाएको आरोप समेत लाग्यो । तर, गत असारमा आएको नयाँ फिल्म ‘सम्झना बिर्सना’ चलाउन उनले आँसु झारिनन् र फिल्म पनि चलेन ।

‘सम्झना बिर्सना’को असफलताले उनको स्टारडममाथि मात्र प्रश्न उठेको छैन, रोएर मात्र ‘म यस्तो गीत गाउँछु २’ चलेको रहेछ भन्दै टिका-टिप्पणी पनि फिल्मवृतमा भइरहेको छ । तर, यही भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ भने उनी नरोइ चलाउने बताउँछिन् । सोमवार फिल्मको गीत रिलिज कार्यक्रममा उनले यसपटक नरोइ फिल्म चलाउने बताएकी हुन् ।

पूजाको बचाउमा निर्देशक सुदर्शन थापाले निर्माता रुनुभन्दा फिल्म चल्छ भने अरु कलाकारलाई पनि रुन चुनौती दिए । उनले भने, ‘म यस्तो गीत गाउँछु २’को समयमा पूजा रुनुको कारण सबैलाई थाहा छ । यदि रोइरै फिल्म चल्थ्यो भने पूजाले फिल्म चलेको चार/पाँच दिनसम्म रोइरहेको भए भइहाल्थ्यो नी ! उता निर्माता रोइरहेका छन्, कलाकारले रोएर फिल्म चलाए त भइहाल्यो नी ।’

फिल्म राम्रो छैन भने कलाकार जति कराए पनि केही नहुने पूजाको तर्क छ । उनी भन्छिन्, ‘पहिलो भनेको फिल्मले दर्शकलाई छुनै पर्छ । दोस्रो भनेको टिमवर्क हो । फिल्मको कन्टेन्ट रुचाउने वा नरुचाउने भन्ने कुरा त दर्शकमा निर्भर रहन्छ । कलाकारले त अभिनय गर्ने हो । त्यसैले फिल्म राम्रो छ भने अवश्य पनि चल्छ । फिल्म नै राम्रो छैन भने कलाकार जति कराए पनि केही हुँदैन ।’

फण्डा गरेर फिल्म चलाउने गरेको आरोप खेप्दै आएकी पूजा फण्डाले फिल्म नचल्ने तर्क गर्छिन् । फिल्म फण्डाले नभइ कन्टेन्टले चल्ने उनको कथन छ । आफूले फिल्म चलाउन फण्डा नगरेको पनि उनले बताइन् । ‘प्रकाश’को एक कार्यक्रममा प्रदीप खड्काले पूजालाई लक्षित गर्दै आफूले हाँसेर फिल्म चलाउने अभिव्यक्ति दिएका थिए । पूजाले पनि नाम नलिएरै प्रदीपप्रति कटाक्ष गरिन् ।

उनले भनिन्, ‘मेरो साथीको फिल्मको पत्रकार सम्मेलनमा घुमाएर मेरो बारेमा प्रश्न सोधिन्छ । त्यो मैले फण्डा गरेको होइन नी त । एउटा फिल्म (प्रकाश) को पत्रकार सम्मेलनमा एक पत्रकारले मलाई सटायर हान्दै सोधेको प्रश्नमा उहाँ (प्रदीप खड्का) ले ‘म चाहिँ फण्डा गर्दिनँ’ भन्नुभएको थियो । तर, उहाँहरुले उहाँको फिल्मलाई मेरो नाममा फण्डा गरिरहनुभएको छ । मैले त गरेको छैन ।’

मेकरहरुले स्क्रिप्ट सुनाउँदा भयंकर लाग्ने तर छायांकनको समयमा कम्प्रमाइज हुने गरेको गुनासो पूजाको छ । ‘फिल्म कस्तो बन्छ भन्ने कुरा स्क्रिप्ट पढ्दा थाहा हुँदैन । स्क्रिप्ट पढ्दा हेलिकप्टरको सिन हुन्छ तर, छायांकन गर्दा पैदलको सिन हुन्छ । त्यो हाम्रो दोष होइन । सुनाउँदा भयंकर सुनाइन्छ र हामी त्यसैमा विश्वास गर्छौं । अनि, गाली खाने पनि हामी नै हुन्छौं,’ पूजाले दुखेसो पोखिन् ।

पूजाले आफू स्टारडममा विश्वास गर्ने कलाकार नभएको पनि बताइन् । तर, कलाकार भएपछि डरै डरमा बाँच्नु पर्ने उनको अनुभव छ । ‘हाम्रो १०/५ को जागिर नहोला तर कलाकारका लागि अभिनय काम नै हो । तर, म स्टारडम सोचेर बस्ने मान्छे चाहिँ होइन । यदि त्यस्तो सोचेर बस्थेँ भने म कसैसँग फ्रेन्ड्ली हुँदिनँ थिएँ । म काममा विश्वास गर्छु, स्टारडममा विश्वास लाग्दैन,’ पूजा सुनिइन् ।