जब छाडा गाईसँग मोटरसाइकल ठोक्कियो

कैलाली । छाडा गाईसँग ठो’क्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृ’त्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

प्रनाउ जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र०१०११प ३८१६ नंको मोटरसाइलले छाडा गाईलाई ठ’क्कर दिएको थियो । ठक्करबाट गम्भीर घा’इते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृ’त्यु भएको हो । मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यो पनि / स्वास्थ्य क्षेत्रका दक्ष नेपाली जनशक्तिलाई ब्रिटेन (युके)मा रोजगारी दिनेबारे नेपाल र ब्रिटेनले एउटा समझदारी गरेका छन्। सोमवार दुई देशका अधिकारीले त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिटले त्यसमा हस्ताक्षर गर्नुभयो ।

सरकारी स्तरबाटै शून्य लागतमा नेपाली नर्सहरूले वैदेशिक रोजगारीका लागि यूके जान पाउने मन्त्रालयले जनाएको छ। सरकार–सरकारबीच सम्झौता भएको र तेस्रो पक्ष संलग्न नभएकाले लागत शून्य हुने भएको हो।

दुई देशको समझदारी पछि मन्त्रालयद्वारा जारी वक्तव्यमा पनि दुवै देशहरू शून्य लागतबारे सैद्धान्तिक रूपमा सहमत बनेको उल्लेख छ। ‘नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनोट भएका स्वास्थ्यकर्मीको लागत शोधभर्ना हुने,’ त्यसमा भनिएको छ।

त्यस्तै ब्रिटेनमा नेपाली स्वास्थ्यकर्मीले पाउने सुविधाबारे मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘बेलायतको स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीले सेवा, सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ।’