सत्ता गठबन्धन टुटाउने प्रयास सफल भएनः ओली

काठमाण्डु, ९ भदौ–एमाले अध्यक्ष केपी ओलीले पांचदलीय सत्ता गठबन्धन टुटाउने प्रयास बिफल भएको बताएका छन् ।

पार्टी पोलिटब्युरोको बिहीबारको बैठकमा ओलीले गठबन्धन अब नटुट्ने निस्कर्ष सुनाएका हुन् । वामपन्थी एकताको सम्भावना समेत टरेको उनको भनाइ थियो ।

ओलीले सग्लै एकता सम्भव नभएकाले कार्यकर्तालाई घर फर्काउने अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरेको उपमहासचचिव पृथ्बीसुब्बा गुरूङले बताए ।

सत्ता गठबन्धनले मुलुकको आर्थिक क्षेत्रमा पारेको प्रभाव, महंगी नियन्त्रणमा मौनता र निषेधको राजनीतिको प्रश्रयका विषयमा ओलीको निर्मम समीक्षा गरेको गुरूङले उल्लेख गरे ।

पोलिटब्युरोले शुक्रबार बस्ने केन्द्रीय समिति बैठकका ११ एजेन्डा तय भएको उनले जनाए ।