ऋषी जी ,तिम्रा श्रीमतीलाई सेउसी डान्स गर्न कस्ले सिकायो ? जनता जान चाहन्छन् !:आंग्काजी शेर्पा

काठमाडौं । चर्चित सञ्चारकर्मी ऋषि धमला श्रीमती एलिजा गौतमका कारण ट्रोल हुनु परेको छ । हालै गौतमले सामाजिक सञ्जालमा एक फरक खालको भिडियो पोस्ट गर्नुभयो । उक्त भिडियोबारे नेपाली सामाजिक सञ्जालमा सबैतिर चर्चा भइरहेको छ ।

अभिनेत्री एवं मोडल समेत रहनु भएकी गौतमले तीज विशेष भनेर अर्कै खालको डान्स गरेको भन्दै सामाजिक सञ्जालमा पत्रकार धमलाको ब्यङ्ग्य हुँदैछ । गौतमले तीज विशेष भन्दै अलिक फरक खालको डान्स गरेपछि मान्छेहरू भड्केका हुन् ।

आंग्काजी शेर्पाले फेसबुकमा लेख्नु भएको छ, ‘ऋषी जी ,तिम्रा श्रीमतीलाई सेउसी डान्स गर्न कस्ले सिकायो ? जनता जान चाहन्छन् !
अर्को एकजनाले धमला जी बताउनु होस यो कुन डान्स हो जनता जान्न चाहान्छन भनेर प्रश्न गर्नुभएको छ ।

गौतमले चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गर्नुभएको हो । एलिजा आफैले निर्माण गरेको सो फिल्म चल्न सकेन् । फिल्ममा जम्न नसके पनि म्युजिक भिडियामा भने गौतम निकै व्यस्त रहने गर्नुभएको छ । गौतमका बेला बेलामा तस्विर पनि भाइरल हुने गरेका छन् ।

यस अगाडी एलिजाको हरि तालिका तीजकाे व्रत बसेर आफ्नाे श्रीमानकाे गाेडाकाे पानी खाएकाे फाेटाे सामाजिक सञ्जाल फेसबुकमा राखेपछि धेरै टिकाटिप्पणी भएकाे थियो । तीजकाे व्रतपछि पत्नी एलिजाले ऋषि धमलाको गोडा धोएर पानि खाएकी थिईन।

पछिल्लो समयमा उनले म्युजिक भिडियोमा व्यस्त मोडलको छवि बनाएकी छिन् । फिल्ममा उनको अभिनयले प्रशंसा नपाए पनि म्युजिक भिडियोमा उनलाई दर्शकले मन पराएका छन् ।

उनीहरूका दुई सन्तान एरिक र एरिका रहेका छन् । सन्तान जन्माएर फिल्म क्षेत्र प्रवेश गरेको भनेर समेत एलिजाको चर्चा हुने गरेको छ ।