एमालेले चुनाव नजिते देश २० बर्ष पछि धकेलिन्छ : एमाले सचिव टोपबहादुर रायमाझी

काठमाडौं ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन कुनै पनि हालतमा नेकपा एमालेले जित्नुपर्ने बताएका छन् ।पाँच दलीय गठवन्धनले जिते देश थप २०÷२५ बर्ष पछि धकेलिने भन्दै उनले नेकपा एमालेले जितेमा देश विकासतर्फ उन्मुख हुने बताए ।

चितवनको भरतपुरमा शनिबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव रायमाझीले एमालेविरुद्ध बनेको गठबन्धनले निर्वाचनमा जितेमा देश अहिलेकै जस्तो हालतमा पुग्ने र नेपाली जनता थप निराश हुनुपर्ने अवस्था आउने बताए ।

उनले एमाले विरुद्ध अरु पार्टीहरु अस्तित्व रक्षाका लागि गठबन्धन गरेर आउन लागेका बताए । ‘एमाले बलियो छ भनेर नै उनीहरु गठवन्धनमा टुक्रेटाक्रे दलहरु जोडजाड गर्दैछन्’ उनले भने, ‘स्थानीय तहमा भएका कमी कमजोरीलाई सच्याउँदै एमाले चुनावमा बहुमत ल्याउने गरी जान्छ ।’

आफूलाई वामपन्थी भन्ने पार्टीहरू कांग्रेसलाई ठूलो पार्टी बनाएर अस्तित्व रक्षामा लाग्नु दुःखद भएको उनले बताए ।एमाले सचिव रायमाझीले भने ‘आफ्नै पार्टीको नेतृत्वको सरकारलाई गिराएर विपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउने प्रवृत्तिलाई के भन्ने रु कम्युनिष्टको भोटले जित्ने, पार्टीको प्रधानमन्त्री बनाउने अनि गिराउने, दुनियाँमा यस्तो कहिँ पाइदैन, पूँजीवादी विचार बोकेर समाजवादमा पुग्न सकिदैन ।’

अहिले अराजनीतिक, असैद्धान्तिक खालको गठबन्धन बनिरहेको भन्दै सचिव रायमाझीले जसरी भए पनि गठबन्धन बचाउने, लुटेर खाने प्रवृत्ति देखिएको आरोप लगाए । उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर यो यो ठीक छैन भन्ने सन्देश दिएको बताए ।

यो पनि : जनार्दन शर्मा दोषी ठहर, संसदीय गणितमा मात्र निर्दोष : योगेश भट्टराई
नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् ।

आज (शनिवार) भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संसदको गणितले शर्मालाई सफाइ दिएको बताए । उनले भने, ‘तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका छन्, तर संसदीय गणितमा उहाँ निर्दोष देखिनुभयो ।’

भट्टराईले छानबिन जति गहिराइसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म नपुगेको बताए । नेता भट्टराईले भने, ‘११ जनाको छानबिन समितिमा बहुमत सत्ताधारीकै थियो, ४ जनामात्र एमालेका सांसद हुनुहुन्थ्यो । चार जनाले छानबिन प्रक्रिया मिल्ने भनेर असहमति जनाउँदा जनाउँदै संसदको टाउको गनेर जबरजस्ती प्रतिवेदन बनाइएको छ ।’

छानबिन समितिलाई उनले ‘दूधको साक्षी बिरालो’ को संज्ञा दिएका छन् । नेता भट्टराईले भने, ‘छानबिनको क्रममा कल डिटेल माग्यौँ, समितिमा बसेका सत्ताधारीका मानिसले मानेनन्, अर्थमन्त्रालयको गेटमा बस्नेदेखि सबैसँग बयान लिन भन्यौँ, त्यो पनि मानेनन्,

अनि सिसिटिभीलाई रिकभर कति गर्न सकिन्छ गरौँ भन्यौँ त्यो पनि भएन ।’नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मको सेटिङमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउने काम भएको उनले बताए ।

उनले समितिमा रहेका नेकपा एमालेका चार सदस्य मात्रै छानबिन समिति भन्न मिल्ने बताए । अन्य सदस्यहरू साक्षी समितिको रूपमा रहेको उनको भनाइ थियो ।‘नेकपा एमालेका चार जना सदस्यहरू जो छानबिन समितिमा हुनुहुन्थ्यो उहाँहरू छानबिन समिति हो ।

त्यो बाहेकका सदस्यहरू साक्षी समिति हो’, उनले भने, ‘नेपालीमा एउटा उखान छ नि दूधको साक्षी बिरालो भने जस्तै ती चाहिँ साक्षी समिति हो । खास छानबिन समिति एमाले हो ।’

छानबिन समितिको प्रतिवेदनले झन् यस प्रकरणमाथिको आशंकालाई थप बल पुर्‍योउने उनको भनाई थियो । छानबिन समितिको प्रतिवेदनले थप जनआ’क्रोश पैदा गरेको उनको भनाइ थियो ।

शर्मालाई बचाउने गरी समितिले प्रतिवेदन तयार पार्नेमा सुरुदेखि नै शंका रहेको समेत उनले बताए । यस्तै, उनले जनार्दन शर्मालाई फेरि अर्थ मन्त्री बनाए त्यो गठबन्धनको नाङ्गो बेईजती हुने टिप्पणी गरे ।

फरक प्रसंगमा उनले नागरिकता विधेयकले नेपाललाई शरणार्थीहरूको शिविर बनाउने खतरा बढेको बताए । उनले नागरिकता विधेयकमा एमालेका ३१ सदस्यले ४५ बुँदामा संशोधन प्रस्ताव राखेको बताए । एमालेले वैवाहिक अंगीकृतको विपक्षमा रहेर संशोधन प्रस्ताव राखेको उनको भनाई थियो ।

त्यस्तै, उनले बढ्दो महँगी र भ्रष्टाचारवि’रुद्ध एमाले अब संसद् छोडेर सडकमा उत्रिने बताए । साउन १६ गते काठमाडौंले एमालेले प्रदर्शन गर्ने र यसलाई देशव्यापी बनाउने उनले जानकारी दिए ।