ती दिनहरु सम्झिदा रुन मन लाग्छ, तीजको व्रत बस्छु : समीक्षा अधिकारी

काठमाडौं । चर्चित गायिका समीक्षा अधिकारी विस्तारै खुल्न थालेकी छिन् । मिडियामा आउँन थालेकी छिन् । गीत गायनमापनि उनी लामो समय दिन थालेकी छिन् । धेरै जसो कास्की पोखरामा नै बस्दै आएकी समीक्षा काठमाडौंपनि धेरै विताउँन थालेकी छिन् ।

केही समय उनले गायन क्षेत्रमा विश्राम जस्तै लिइन् । उनले आफू पढ्ने पोखरामा भएकाले गायनमा केही कमि भएको बताइन् ।

परीक्षाका कारण आफूले लामो समय पोखरा विताएको हो । पढ्न चै मलाई सरहरुले अनलाईनमा पढाउनुहुन्छ उनले भनिन् । केही दिन अघि मात्र उनले मेरो माया मजाक भयो भन्ने गीतमा स्वर दिएकी छिन् ।

केहि समयदेखि सामाजिक सञ्जाल देखि टाढा रहेकी गायिका समीक्षा अधिकारी फेरी सक्रिय हुन् थालेकी छन । उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन् ।

उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रियता बढाइरहेकी छिन् । उनको नयाँ म्युजिक भिडियो पनि आएको छ । धेरैले मन पराएका पनि छन । सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्।

केही समय गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आफ्नो मन पोखिरहेकी भेटिन्छिन् । पछिल्लो पटक फेसबुकबाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन् ।

उनी फ्लावर पिरिन्ट सेतो वान पिस टपमा सजिएर हट पोजमा फोटो शेयर गरेकी छिन् । लाईक र कमेन्ट पनि धेरै पाउने गर्छिन् । म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी गायिकाको यो लुक्सले फ्यानहरूको मन जित्न सफल भएकी छिन् ।

गायिका समीक्षा अधिकारी बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् । उनले केहि समय गितहरु गायकी थिईनन् । उनले एक युबट्युबको अन्र्तवार्तामा ती दिनहरु सम्झिदा रुन मन लाग्छ भन्दै विगत भने सम्झिना चाहिनन् । उनले यो तीजमा व्रत वस्ने योजना सुनाइन् । के बर माग्ने भनेर सोध्दा उनले त्यो भने बाहिर बताउँन नहुँने बताइन् ।

यो पनि :-

काठमाण्डौं । तीज नजिकिएसँगै गायिका रानु निरौला र गायक रामकृष्ण निरौलाको नयाँ तीज गीत “खेलौं है संगिनी” सार्वजनिक गरिएको छ । एम एण्ड एच अफिसियल युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

रेनुका देवी निरौलाको शब्द रहेको उक्त “खेलौं है संगिनी” गीतमा देवेन्द्र नेवाले संगीत दिएका छन् भने संगित संयोजन पनि गरेका छन । राज मगर र जुना कार्कीको मुख्य भूमिकामा अभिनय रहेको उक्त गीतको निर्देशन निरेन श्रेष्ठले गरेका छन ।

यो पनि हेर्नुहोस्

बेरोजगारी अन्त्य गर्न वर्तमान सरकार केन्द्रित छ – मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घर–घरमा रोजगार सिर्जना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताउनुभएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा आज नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले वर्तमान सरकारले सूचना प्रविधिको विकास गरेर घर–घरमा रोजगारी सिर्जना गर्ने कार्यमा केन्द्रित भएको बताउनुभयो ।

देशमै रोजगारी नहुँदा युवाहरूले खाडी मुलकमा गएर जोखिम मोलेर कार्य गरिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई अन्त्य गर्नका लागि वर्तमान सरकार विभिन्न किसिमको कार्य गरिरहेको दाबी गर्नुभयो । स्वदेशमै रोजगारीको सिर्जना नहुँदा युवाले जोखिमुक्त कामका लागि विदेश जानुपर्ने बाध्यता रहेकाले त्यसलाई अन्त्य गर्नका लागि आफूले सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो ।

नेपाली युवालाई उच्च तापक्रममा श्रम बेच्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । मुलुकलाई विकसित तुल्याउनका लागि सबै मिलेर देशबाट बेरोजगार र गरिबीलाई अन्त्य गर्न आवश्यक रहेको मन्त्री कार्कीले बताउनुभयो । उहाँले अहिले मुलुक बेरोजगार र गरिबीको चपेटामा परेका कारणले त्यसलाई १० वर्षभित्रमा अन्त्य गरेर दक्षिण एसियाको धनी देशका रूपमा विकसित गर्न सरकारले चाहेको जानकारी दिनुभयो ।

बेरोजगारीको चपेटामा परेकाले भाषणमा मात्र नभई व्यवहारमा त्यसलाई अन्त्य गर्नका लागि चाहेको उल्लेख गर्दै समृद्ध देश निर्माणका लागि जुट्न सबैलाई अपिल गर्नुभयो । सोही अवसरमा मन्त्री कार्कीले सुनसरी क्षेत्र नं ४ को विभिन्न स्थानमा नेटवर्कको समस्या हुँदै आएको त्यसलाई समाधान गर्नका लागि नेटवर्क विस्तारको कार्य गर्नुहुँदै त्यसको एक कार्यक्रमको बीच उद्घाटन गर्नुभएको छ ।

मन्त्री कार्कीद्वारा बाढी प्रभावित क्षेत्रकोे निरीक्षण
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । केही दिन अगाडि सप्तकोसी नदीले बहाव परिवर्तन गर्दा सुनसरी बराह क्षेत्र नगरपालिका–६ र ८ का जनताले बाढीबाट प्रभावित जनताको अवस्था बुझ्न उहाँले त्यस क्षेत्रको निरीक्षण गर्नुभएको हो ।

प्रभावित जनताको अवस्था बुझ्दै त्यस क्षेत्रलाई मन्त्रिपरिषद्को बैठकले सङ्कटग्रस्त क्षेत्रको रूपमा घोषणा गरिसकेकाले उहाँले आवश्यक राहतका लागि कार्य उपलब्ध गराउन सुरु गरिएको बताउनुभयो । मन्त्री कार्कीले त्यस क्षेत्रको पीडितहरूको अवस्था अहिलेसम्म भएको राहतको कार्य, उद्धार, क्षतिको विषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख प्रभुप्रसाद ढकालसहितको सरोकारवालासँग जानकारी लिनुभयो ।