खुसीको खबरः१२ हजार जनाका लागी सरकारी जागिर खुल्यो।इच्छा हुनेले जानकारी लिनुहोला

काठमाडौं ।

शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

छरछ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको छैन, सोही कारण शिक्षण अनुमति अध्यापनपत्र लिएर बसेका सात लाख १७ हजार एक सय पाँच नयाँ जनशक्ति प्राथमिक तहदेखि माध्यमिक तहसम्म विद्यालय शिक्षण प्रवेश गर्नबाट रोकिएका छन् ।

आयोगका पदाधिकारी नियुक्ति भएसँगै आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीको प्रमुख दायित्व नयाँ शिक्षक स्थायी दरबन्दीमा विज्ञापन खुलाउनु रहेको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

अध्यक्ष रेग्मीले आयोग एक वर्षयता पदाधिकारीविहीन अवस्थामा रहेकाले थुप्रै पुराना काम बाँकी रहेको कारण समग्र विद्यालय शिक्षालाई नै नकारात्मक असर परिरहेको बताउँछन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

शिक्षण अध्यापन अनुमतिपत्र लिएका थुप्रै जनशक्ति विद्यालयबाहिर छन् भने अर्कोतर्फ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार प्राथमिकदेखि माध्यमिक तहसम्म १२ हजार ६१ रिक्त दरबन्दीमा नयाँ स्थायी शिक्षक नियुक्ति भएका छैनन् **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

याे पनि ः
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) माथि फेसबुक स्टाटसबाट कडा प्रहार गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि एक टेलिभिजन च्यानलले रिपोर्टसहित फोहोर व्यवस्थापनको प्रश्न उनै हर्कमाथि फर्काइदिएका थिए । यस लगत्तै उनले फेसबुक लाइभमा आएर जवाफ पनि दिए ।

ल्याण्डफिल्ड साइटको फोटो खिचेर आफ्नो खुट्टा तान्ने कोसिस गरेको भनेर उनले उल्टै सञ्चारमाध्यममा सार्वजनिक भएको भिडियोको विरोध गरे र भने, ‘धरानमा कतै फोहोर देख्नुभयो भने म ५ मिनेटभित्र उठाउन लगाउँछु । ल्याण्डफिल्डको भिडियो खिचेर धरान सहरको फोहोर भन्न पाइँदैन ।

भिडियोको अन्त्यमा उनले एक गिलासमा केही पेय पदार्थ राखेर पिइरहेको देखिन्छ । त्यसलाई धेरै सामाजिक सञ्जालकर्ताहरूले मदिरा पिउँदै भिडियो लाइभमा आएको भनेर सामाजिक सञ्जाल तात्यो ।
उनले त्यसको पनि जवाफ फर्काएका छन् । आफूले ग्रिन टी खाएको र त्यसलाई मदिरा भनेर मान्छेहरूले आफू विरुद्ध खनिने काम गरेको हर्कले स्पष्टीकरण दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘ग्रिन टी र मदिरामा फरक छुट्याउन नसक्नेहरूले कालो चस्मा लगाएर हेरेका हुन् त ?’

यस्तै, केही दिनदेखि सामाजिक सञ्जालमा काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यङ्ग्यले उनीहरूको समर्थक निराश बनेका छन् । काठमाडौँ आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरूबिच घोचपेच र व्यङ्ग्य चलिरहेको छ ।

काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरूबिच घोचपेच चलेको हो । ‘काठमाडौँको फोहोर नउठाएसम्म चारतर्फबाट प्रहार गर्नुपर्छ,’ सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले पछिल्लो पटक भनेका छन् ।

यी दुई मेयरको घोचपेच र व्यङ्ग्यले उनीहरूको समर्थक निराश बनेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनीहरूले ‘लौरो’ चुनाव चिह्न पाएका थिए । सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारको रूपमा उनीहरू निर्वाचित भएका हुन् ।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहमाथिको प्रहार गरिरहेका छन् । काठमाडौँको पोहोर मैलामा मेयर बालेन साहलाई लक्षित गरी सामाजिक सञ्जालमा उनले स्टाटस वर्षा नै गराइरहेका छन् ।

काठमाडौँ आएर फर्किए लगत्तै उनले बालेनले काम गर्न नसकेको भन्दै निरन्तर टिप्पणी गरिरहेका छन् । उनले आफ्ना फेसबुक स्ट्याटस र भिडिओमा प्रयोग गरेको भाषा शैलीलाई लिएर समर्थहरूले नै यस प्रकारको विवाद ननिकाल्नका निम्ति सुझाव दिइरहेका छन् ।

काठमाडौँ महानगरलाई काम गर्न कठिन भएको भए आफूहरू सहयोग गर्न तयार रहेको बताउँदै हर्कले भने एक जनाले गुलेली हान्यो, बाख्रा मा¥यो भनेर नहुने बताए ।

आफूले सामाजिक सञ्जालमा लेखेका टिप्पणीलाई आलोचनाका रूपमा होइन, सुझावका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ ।केही दिनअघि काठमाडौँ आएका साम्पाङले फर्के लगत्तै आफ्नो फेसबुकमा काठमाडौँको फोहोर सफा होस् भन्ने कामना गर्दै स्ट्याटस लेखेका थिए।

त्यसको एक घण्टापछि उनले अर्को स्ट्याटस लेखे, ‘जसले जे भनोस् तर म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कमसे कम काम त सुरु गरे ।’

यही स्ट्याटसमुनि बालेनले जवाफ फर्काए, हो नि । तपाईँकै लौरा चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि।यो क्रम यतिमै सीमित रहेन। त्यसपछि हर्कले लगातार अरू स्टाटसहरु पनि लेख्दै गए ।

उनले काठमाडौँको फोहोरका कारण धरानका उपमेयर अइन्द्रविक्रम बेघालाई पखाला लागेको समेत बताएका छन् ।उनले भनेका छन्, ‘हाम्रो उपमेयरलाई त्यहाँ बसुन्जेल पखाला लाग्यो । त्यसपछि मैले व्यङ्ग्य गरेको हुँ। जबसम्म फोहोर उठ्दैन, म व्यङ्ग्य गरिरहन्छु।

उनले अगाडि भने, ‘जुन दिनसम्म काठमाडौँको फोहोर सोहोरिँदैन, सहर सफा हुँदैन। त्यसैले धरानले मात्र होइन, चारैतिरबाट प्रहार गर्नुपर्छ अनि बल्ल काम हुन्छ।’

धरानमा श्रमदान प्रवर्द्धन गर्दै आएका साम्पाङले ढुङ्गा बोक्नु मात्र श्रमदान नभएको बताए । जनप्रतिनिधिहरू देश बनाउने अभियानमा लागेकाले सबैतिरका र सबै किसिमका बेथितिबारे बोल्नुपर्ने उनले बताएका छन् ।