भाइरल हुदै एलिजा गौतमकाे ‘हट डाण्स स्टेप’….हेर्नुहाेस् (भिडियाे सहित)

तिज नजिकेसँगै चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतमलाइ पनि तिज लागेकी छिन । उनले हालै आफ्नो इन्स्ताग्राममा सारि लगाइ हट डाण्स गरेकाे भिडियाे हालेपछि भाइरल हुदैछ। (भिडियाेकाे लागि अन्तयमा जानुहाेला)

चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी एलिजा आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा निकै चल्यो ।उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् ।

फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने उनी निकै ब्यस्त बनेकी छन् । त्यस्ते उनी पछिल्लो समय सामाजिक संजालमा निकै सक्रिय बनेकी छन् ।

उनी प्राय निकै खुलेर फोटोशुट गरे राखेकी हुन्छिन् । उनका ती हट फोटोशुटले निके चर्चा पाइरहेका छन् । सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चालेकी उनको चर्चा बढीरहेको छ ।

पछिल्लो समय उनले सारिमा हट डाण्स स्टेप प्रस्तुत गरेकी छन । जुन भिडियाले सोसल मिडिया तताइरहेको छ । उनले त्याे हट डाण्स स्टेपमा फ्यानहरूले निकै मन पराइरहेका छन् ।

भिडियाे हेर्नुहाेस्ःhttps://www.instagram.com/reel/Chd5FK9ltaY/?utm_source=ig_web_button_share_sheet

गायिका रचना रिमालले सानैदेखि बाबाआमालाई एउटा घर बनाएर राख्ने सपना पूरा भएको बताएकी छिन्। झापाको चन्द्रगढीमा उनले गायनबाट गरेको कमाइले चार कोठे पक्की घर बनाएकी हुन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत चन्द्रगढी झापामा पुरानै घर भएको ठाउँमा नयाँ घर निर्माण कार्य सकिएको जानकारी दिइन्।

उनले तस्बिर राख्दै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘सांगितिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ। बाबामम्मी यही घरमा बस्दै हुनुहुन्छ माया, साथ, हौसला र आशीर्वाद दिनुहुने सबैमा नतमस्तक छु।’ उनले सदैव गायन क्षेत्रमा रहि सत्कर्म गर्ने बताएकी छिन्।

यो पनि पढ्नुहोश:सामाजिक सञ्जाल फेसबुक ‘ह्याक’ गर्ने गिरोहका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रवीण राजवंशी र भवेश राजवंशी रहेका छन्। उनीहरुले अरुको फेसबुक ‘ह्याक’ गरेर नक्कली ई–सेवा आईडी प्रयोग गर्दै सर्वसाधारणमाथि ठगी गर्ने धन्दामा संलग्न रहेको बुझिएको छ ।

पक्राउ परेको गिरोहले सुरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ का डिल्लीबहादुर राउतको फेसबुक अकाउण्ट ‘ह्याक’ गरेको थियो। उनीहरुले ‘ह्याक’ गरेको गिरोहले आफू समस्यामा परेको भनेर फेसबुकमा जोडिएका साथीहरुलाई म्यासेन्जरमार्फत म्यासेज पठाउँदै नक्कली ई–सेवा आईडी खडा गरी रकम पठाउन लगाएर ठगी गरिरहेको उजुरी राउतले दिए पछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

फेसबुक ‘ह्याक’ गरिसकेपछि पासवर्ड चोरी गरेर म्यासेन्जरमार्फत म्यासेज पठाउँदै नक्कली ई–सेवा आईडीमा पैसा ‘ट्रान्सफर’ गर्न लगाउने गरेको पाइएको बताइएको छ । उनीहरु ‘कम्प्युटर साइन्स’का विद्यार्थीसमेत रहेको खुल्न आउको छ । उनीहरुले ‘सफ्टवेयर डेभ्लप’ गरेर धेरै सर्वसाधारणलाई ठगी गरेको हुनसक्ने सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए ।