प्रधानमन्त्री बन्ने चाहाना छैन अब मेरो , र सम्भावना पनि छैन्: बाबुराम भट्टराई

नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूमा प्रधानमन्त्री बन्ने चाहना र सम्भावना दुवै नभएको बताएका छन् ।उनले भने, “मेरो चाहना त हाम्रो उमेरका मानिसले स्थान छाडिदिनुपर्छ भन्ने हो । तर त्यसका लागि आआफ्ना पार्टीमा नयाँ मानिस तयार गर्नुपर्छ व्यक्तिगत रुपमा मेरो पकटपटक प्रधानमन्त्री हुने चाहना छैन । अहिले त्यो सम्भावना पनि छैन। ”

उनले नेपालमा पछिल्लो उपलब्धि हाँसिल गर्नको लागि जनयुद्धको ठूलो हात रहेको सुनाए उनले आफूलाई चुनाव जित्नको लागि प्रचण्ड चाहिएको भन्नु गलत रहेको सुनाए । उनले नेपालमा आन्दोलनको जग भनेको नै माओवादी आन्दोलन हो भन्ने दाबी गरे ।

उनले भने, अब यसलाई समयानुकल बनाएर लैजानुपर्छ । विल्कुल नयाँ गरेर जान्छु भन्ने पनि विकल्प देखिएन । अहिले हामी अलग अलग पार्टी छौं। विचार फरक छ । अहिले हामी चुनावी तालमेल गरेर जाने दिशामा अघि बढिरहेका छौं ।

उनले वर्तमान गठबन्धनकै नेतृत्वमा चुनाव हुने विश्वास दिलाए । उनले आगामी निर्वाचनपछि एमाले बहुमत ल्याएर देशको नेतृत्व गर्ने अवस्थामा आउने सम्भावना आफूले नदेखेको सुनाए । उनले तत्काल निर्वाचनको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य नहुने जिकिर गरे । उनले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा लिएर जाँदा राम्रो हुने धारणा राखे,

यो पनि पढ्नुहोश: राजनीतिक दलहरूले आसन्न प्रदेश तथा सङ्घको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । समता फाउन्डेशन र साझेदारी सशक्तिकरण केन्द्रद्वारा आज वीरेन्द्रनगरमा सम्पन्न निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सवालसम्बन्धी कार्यक्रममा दलका प्रमुख नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

दलहरुले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा दलित जनप्रतिनिधिको अनुभव र कामको मूल्याङ्कन गर्दै माथिल्लो पदहरूमा पुग्ने वातावरण सिर्जना गर्ने, दलित समुदायको उपस्थितिलाई प्रभावकारी बनाउन पहल गर्ने, दलित जनप्रतिनिधिलाई बिना रोकटोक काम गर्ने वातावरण बनाउने, पार्टी कार्यकर्ताले जातीय विभेद गरेको पाइएमा दलीय र कानुनी दुवै कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिबद्धतापत्रमा नेपाली कांगे्रसका कर्णाली प्रदेश उपसभापति कालीबहादुर सहकारी, नेकपा (एकीकृत समाजवादी) का प्रदेश अध्यक्ष अम्मरबहादुर थापा, नेकपा (माओवादी केन्द्र) दलित मुक्ति मोर्चाका प्रदेश अध्यक्ष पार्वती विक र नेकपा (एमाले) का प्रदेश सदस्य टेकेन्द्रकुमार बस्नेतले हस्ताक्षर गरे । छलफलमा कांग्रेस प्रदेश उपसभापति सहकारीले पछाडि पारिएका दलित तथा सीमान्तकृत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सबैको इमान्दार प्रयास आवश्यक पर्ने बताए ।

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष थापाले स्थानीय सरकारमा दलित समुदायको सहभागिता आशालाग्दो भएको धारणा राखे । अधिकारकर्मी वसन्त विकले संवैधानिक बाध्यताबाहेक राजनीतिक दलहरूले दलित समुदायको अर्थपूर्ण सहभागिताका लागि चासो नदिएको गुनासो गरे । कार्यक्रमका सहभागीले प्रमुख दलका नेताहरूको इच्छाशक्तिले मात्रै दलित समुदायको सहभागितालाई निर्णायक र अर्थपूर्ण बनाउन सम्भव हुने धारणा व्यक्त गरेका छन् ।