हर्क सम्पाङले बालेनलाई नालायक भनेपछि …

काठमाडौं । स्वतन्त्रबाट चुनाव जितेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा जुहारी देखिएको छ।

धरानका मेयर सम्पाङ केहि दिन अघि काठमाडौं आएर फर्किसकेका छन्। काठमाडौंकोमा रहँदा यहाँको विजोग देखेर आफूलाई श्रमदान गर्न मन लागेको उनले बताएका थिए। यहाँको फोहोर व्यवस्थापन नहुनुमा बालेनसँग इच्छाशक्ति कम देखएिको उनको टिप्पणी थियो।

धरान फर्केलगत्तै बुधबार साँझ सामाजिक सञ्जालमा उनले लेखे-‘जसले जे भनोस्, म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ। कमसेकम काम त सुरु गरे!’

उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि … तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

पोस्ट गर्दै केहि आक्रोशको भाषा प्रयोग गरेका छन् । उनले भनेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखु बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’ बञ्चरेडाँडामा फोहोर फ्याँक्न खोज्दा देखिएको अवरोध स्थानीयसँग तीनबुँदे सहमति भएपछि अब बिहिबारबाट उठ्ने भएको छ।

१०० दिनमा के गरिस् ? भन्नेलाई हर्क साम्पाङको १३ बुँदे जवाफ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एकसय दिनमा गरेका काम सार्वजनिक गरेका छन् । उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत १३ बुँदामा आफूले गरेका काम सार्वजनिक गरेका हुन् ।

उनले समाजिक संजालमा यसो लेखेका छन् –

१०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर:
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !

२. ४ ठाउँबाट खानेपानीको मूहान थपें !

३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !

४. ६ लाख विरुवा रोपें !

५. सरसफाइमा देखिने सुधार ल्याएँ !

६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !

७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !

८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !

९. ला’गु औ’षध विरुद्धको अभियान शुरु गरें !

१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !

११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !

१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !

१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !