नायक पल शाहकाे दैनिकीः ६० रुपैयाँ र ७ सय ग्राम चामलले धान्दै…..

पाेखरा:- नेपाली फिल्म र म्युजिक भिडियोका सर्वाधिक सफल पल शाह विगत ४ महिनादेखि तनहुँ कारागारमा छन् । नाबालिका गायिकाले ब-लात्कारको आरोप लगाउँदै जिल्ला अदालत तनहुँमा मु-द्दा दायर गरेपछि पलले प्रहरी समक्ष आ-त्मसर्मपण गरेका थिए ।

यसपछि, अदालतको आदेशमा पल कारागारमा छन्। नेपाल सरकारले कारागारमा रहेका कैदी बन्दीलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ दिदै आएको छ।

यही खर्चबाट नै अन्य कैदीसँगै पलले पनि दैनिकी विताइरहेका छन् । पल १३९ कैदीसँगै कारागारमा छन् । तर, पलले निजी खर्चमा पनि दैनिक चलाइरहेका छन् । उनले, ३ जनाको समुह बनाएर मेस चलाएका छन् ।

पलले गर्मी महिनामा सरकारले दिने २५ सय रुपैयाँको लत्ता कपडा खर्च पनि वुझिसकेका छन् । नायक पल शाहको मु-द्दाको किनारा कहिले लाग्छ पक्का भएको छैन। तर, पलले भने चाडै नै मुद्दाको किनारा लागे हुन्थ्यो भने चाहना राख्ने गरेका छन् ।

कारागारमा उनले पुस्तक पढ्ने, आफन्तसँग भेटघाट गरेर दिन बिताउँदै आएको अधिकारीले बताए । यस्तै, उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखामा छाडिएको छ ।