एक पटक खाए महिनाभर पुग्ने ग’र्भनि’रो’धक चक्की !

काठमाडाैं । तपाईँ दैनिक रुपमा ग’र्भनिरोधक च’क्की खा’एर दिक्क हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् ।

वैज्ञानिकहरूले एक महिनामा एक पटक एक च’क्की खाँदा महिनाभरी ढुक्क हुन सक्ने औ’ष’धि’ पत्ता लगाएका छन् । यौ हाल सुँगुरमा परीक्षण गरे पनि मानिसमा भने परीक्षण गर्न बाँकी छ । सुँगुरमा भने स सफल परीक्षण भएको छ ।

म्यासाच्युसेट इन्ष्टिच्युट अफ टेक्नोलोजीले हालै रिलिज गरेको सो क्याप्सुल तारा आकारको छ । जिलेटिनले बाहिरी भाग ढाकिएको सो क्याप्सुल पेटमा केही हप्तासम्म रहन सक्ने र त्यसले ग’र्भ नि’रोधक हा’र्मोनहरूलाई विस्तारै नि’श्काशन गर्ने बताइएको छ ।

यसबाट एक पटक लिएको च’क्की’ले एक महिना सम्म काम गर्ने छ । बाहिर क्यप्सुल अकारमा देखिए पनि पेट भित्र पुगेपछि सो क्याप्सुल तारा आकारमा परिणत हुन्छ र त्यसबाट क्रमैसँग शरीरमा नि’श्का’सन हुन्छ ।

प्रभावकारी देखियो ग’र्भ नि’रो’ध’क नयाँ साधन सायना प्रेस

स परिवार नियोजनको अस्थायी साधन प्रयोगमा नयाँ पद्धति अपनाउने सरकारको घोषणा अनुरुप दुई जिल्लामा गरिएको तुलनात्मक अध्ययनले ‘सायना प्रेस’ नामको नयाँ ग’र्भ नि’रो’ध’क साधन प्रभावकारी देखिएको छ।

देवचुली नगरपालिका–१७ गौरी नवलपुरकी ४१ वर्षीया वसन्ती पौडेलले २० वर्षदेखि प्रयोग गर्दै आएको ग’र्भ नि’रो’ध’क परिवार नियोजनको अस्थायी साधन डिपो प्रोभेरा एक वर्षदेखि प्रयोग गर्न छाडिन्। अहिले उनी परिवार नियोजनको अर्को तीन महिने अस्थायी साधन सायना प्रेस प्रयोग गर्छिन्। तर, उनलाई सायना प्रेस सधैँ उपलब्ध हुन्छ कि हुँदैन भन्ने चिन्ता छ। उनी भन्छिन् “सायना प्रेस प्रयोगका लागि राम्रो त छ, तर यसको उपलब्धता नभएर फेरि डिपो नै लगाउनुपर्ने हो कि भन्ने चिन्ता छ।”

यस्तो चिन्ता सोही ठाउँकी पवित्रा आचार्य (४२) लाई पनि छ। उनका श्रीमान् भारतमा रोजगारीका लागि जान्थे। कोरोनाभाइरस महामारीका कारण श्रीमान् घर फर्केपछि उनले अस्थायी साधन सायना प्रेस प्रयोग गर्न शुरु गरिन्। त्यसअघि श्रीमान् घर आउँदा मात्र उनले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्थिन्। अब श्रीमान् रोजगारका लागि बाहिर नजाने भएकाले आफ्नो लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नु बाध्यता रहेको आचार्य बताउँछिन्।

“हामीले एउटा साधन प्रयोग गरेपछि सधैंभरि त्यही नै प्रयोग गर्न पाउनुपर्छ, कहिले एउटा, कहिले अर्को प्रयोग गर्दा हाम्रो स्वास्थ्यमा समस्या हुन्छ”, उनी भन्छिन्। आफूहरुले यो विषय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई पनि भनिसकेको उनले बताइन्। उनीहरुले स्वास्थ्यकर्मीकै सल्लाहमा सायना प्रेस लगाएका हुन्।

पौडेल र आचार्यको जस्तो सरोकार दिलमाया परियार (२९) को पनि छ। फरक फरक ग’र्भ नि’रो’ध’क साधन प्रयोग गर्दा स्वास्थ्यमा विभिन्न समस्या हुने उनको भनाइ छ। अहिलेसम्म प्रयोग गरिएका साधनमध्ये तीन महिने सुई सायना प्रेस स्वास्थ्यका हिसाबले उत्तम लागेको उनको भनाइ छ।

सायना प्रेस प्रयोग गरिरहेका सिन्धुली र नवलपुर जिल्लाका ६ पालिकाका अधिकांश महिलाले यसैलाई निरन्तरता दिन चाहेका छन्। उनीहरु फरक फरक परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दा वाकवाकी लाग्ने, वान्ता हुने, महीनावारी अनियमित हुने जस्ता समस्या देखिने भएकाले स्वास्थ्यका हिसाबले सहज र सजिलो साधन उपयुक्त हुने बताउँछन्।

देवचुली नगरपालिकाको रजहर स्वास्थ्य चौकीका सिनियर अहेव वेदबहादुर दाहाल सायना प्रेस प्रयोग गरिरहेका महिलाले सधैंभरि उपलब्ध हुने वा नहुनेबारे चासो राखेको बताउँछन्। “शुरुआती चरणमा महिलाहरुले के कसो हुने हो भनेर चासो राख्नु स्वाभाविक हो, हामीले अब अरु परिवार नियोजनका साधन प्रयोग गर्न पर्दैन, भनेर आश्वस्त पारेका छौं”, उनी भन्छन्।

अर्की प्रयोगकर्ता दिलमाया परियार (२९) ले ग’र्भ नि’रो’ध’क अस्थायी साधन प्रयोग गर्न थालेको १२ वर्ष भयो। डिपो प्रोभेरा तीन महिने सुई लगाउँथिन्। सुई लगाएपछि एक हप्तासम्म पाखुरा दुखेर काम गर्न गाह्रो हुन्थ्यो। तर, सायना प्रेस लगाउँदा त्यस्ता समस्या नभएको उनी बताउँछिन्।

रजहर स्वास्थ्य चौकीकी अनमी राधा पराजुली पोखरेल सायना प्रेस प्रयोग गर्ने महिलाले सकारात्मक प्रतिक्रिया दिएको बताउँछिन्। “एक दुई जनाले सायना प्रेस प्रयोग भएपछि रगत बढी बग्यो भन्नुभयो, अध्ययन गर्दा उहाँहरुले महिनावारी भएको सात दिनपछि प्रयोग गर्दा त्यस्तो भएको पाइयो,” उनी भन्छिन्, “धेरै महिलाले दुखाइ कम, लगाउन सजिलो र महिनावारी पहिलाभन्दा नियमित भएको प्रतिकृया दिनुभएको छ।”