बालेन र हर्क साम्पाङको जुहारीमा बालेननी श्रीमतीको इन्ट्री ! मात्र एक मिनेटमा जे भयो ….

काठमाडौँको फोहोरको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयरहर्क साम्पाङको जुहारीले नयाँ मोड लिएको छ ।

बालेन र हर्कको जुहारी नयाँ क्याइमेक्समा पुगेको छ । धरानका मेयर हर्क साम्पाङले बालेन माथी लगातार स्टाटसको बर्षा गराए पछि बालेनकी श्रीमती सविना काफ्ले पनि यो खेलमा इन्ट्री गरेकी छिन् । उनले हर्क साम्पाङलाई लक्षित गर्दै हाइकु लेखेकी छिन् ।

आफ्नो सामाजिक संजाल फेसबुकमा बालेनी श्रीमती सविना काफ्ले हर्क साम्पाङलाई लक्षित गर्दै हाइकु लेखेकी थिइन् उनले लेखेकी थिइन -‘हलुको सोच , पखेटा भाको चिल गुरुङ्गो ढुंगो ‘। बालेनकी श्रीमतीले यस्तो लेखेको एक मिनेटमै संजालबाट डिलेट गरेकी छिन् ।

उनले डिलिट गरे पछि सामाजिक संजाल प्रयोगकर्ताहरुले स्क्रिन सट गरेर भाइरल बनाउँन सुरु गरेका छन् । सबैभन्दा पहिला काठमाडौँको फाहोरलाई लक्षित गर्दै हर्क साम्पाङले स्टाटस लेखका थिए त्यसमा बालनेले कमेन्ट गरे पछि सुरु भएको जुहारी थप उग्र बन्दै गएको छ ।

बालेनकी श्रीमतीले हर्क साम्पाङ लक्षित लेखेको हाइकु भने तुरन्त डिलिट गरेकी छिन् । उनले यस्तो प्रकारको हाइकु लेख्ने वित्तिकै सामजिक संजाल प्रयोगकर्ताहरुले हर्क र बालेनको जुहारीमा उनको श्रीमतीको इन्ट्री भएको भन्दै कमेन्ट गर्न थालेका थिए त्यस लगत्तै उनले आफ्नो वालबाट उक्त पोष्टलाई डिलिट गरेकी छिन् ।

हेर्नुहोस् बालेनकी श्रीमती सविना काफ्लेले यस्तो हाइकु लेखेकी थिइन्

आफु काठमाडौँ गए पछि मात्रै काठमाडौँको फोहोर उठ्न थालेको भन्दै पहिलो स्टाटस लेखेर फायर खोेलेका हर्कले त्यस यता लगातार ४ वटा स्टाटसहरु सामाजिक संजालमा लेखिसकेका छन् । पहिलो स्टाटसमा बालेनले कमेन्ट गरेका थिए भने त्यसयता उनले कुनै प्रतिक्रिया दिएका छैनन् ।

हर्कले जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ !कम्से कम काम त शुरु गरे भन्ने पहिलो स्टाटस लेखेका थिए जुन स्टाटसमा कमेन्ट गर्दै बालेनले होनी मैले चुनाव पनि तपाईकै चुनाव चिन्ह लौरौ लिएर जितेको हो नी भन्दै प्रतिक्रिया दिएका थिए । त्यसयता सुरु भएको दुई मेयरको व्याटल अझै रोकिएको छैन ।

हर्कको स्टाटसमा एउटा कमेन्ट बाहेक बालेन थप अघि बढेका छैनन् तर हर्क भने रोकिएका छैनन् । त्यस लगत्तै पनि उनले फेरी अर्को स्टाटस लेखेका थिए । दोस्रो स्टाटसमा हर्कले अझै कडा रुपले खनिएका थिए । साम्पाङले देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन १ मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो १ नामले खाएकाहरु हो‘ तिमेरुको रीस उठोस बेस्सरी ! काम गर काम हावा तालका हो भनेर लेखेका थिए ।

उनका स्टाटसमा मिश्रित प्रतिक्रियाहरु देखिएका छन् कतिपयले साम्पाङले भनेका कुरा एकदम सहि भएको भनेका छन् तर कतिपयले भने अब बढि भएको प्रतिक्रिया पनि दिएका छन् । यसरी स्वतन्त्रहरुकै विचमा लडाइ चल्नु राम्रो नभएको भन्दै कतिपयले यहि रोकिनु पर्ने सुझाव पनि दिएका थिए तर उनी रोकिएनन् त्यस पछि उनले थप स्टाटसहरु पनि लेखिरहेका छन् ।

त्यसको केहि समय पछि साम्पाङले फेरी लेखेका छन् ‘ठुला ठुला गफ र हुँकार होइन सानो सानो काम चाहिएको छ १ हो त्यो गर्नु १ जय काम १’ यस्तो स्टाटस लेखेको केहि समय पछि उनले काठमाडौँको फोहोर उठाइरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको तारिफ गर्दै अर्को स्टाटस लेखेका छन् उनले युवा संघ काठ्माण्डौँलाई धन्यवाद ! कम्से कम फोहोर सोर्ह्ने सहास त गरे भनेर लेखेका थिए ।

साम्पाङले भर्खरै मात्रै पनि बालेनलाई लक्षित गरेर अर्को स्टाटस लेखेका छन् उनले लेखेका छन् फोहोर सम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा१ फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है !हावा गफ होइन काम चाहिएको छ जनतालाई यसरी एक पछि अर्को स्टाटस लेख्दै बालेन माथी हर्क खनिरहेका छन् ।

बालेन माथी हर्क लगातार खनिए पछि अहिले कपिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले अती भएको भन्दै शान्त हुन पनि साम्पाङलाई अनुरोध गरेका छन् । कपिपयले यो स्टाटसहरु हर्कलेनै लेखेको हो त ?भन्दै प्रश्न पनि तेर्साएका छन् । हिजो देखी तातेका साम्पाङ अझै सेलाउने छाँटकाँट देखिएको छैन ।

बालेनले गरेको छुच्चो कमेन्ट बाट विच्किएका उनले लगातार प्रहार गरिरहेको अर्थ लगाइएको छ । बालेनले घुमाउरो तरिकाले आफ्नो चुनाव चिन्ह लौरो भएका कारण हर्क साम्पाङले चुनाव जितेको आरोप लगाएको अर्थमा बुझेको बताइन्छ । लगातार बालेन विरुद्ध खनिएका हर्क कहाँ पुगेर रोकिने हुन् पत्तो छैन ।