राष्ट्रपतिको पत्र च्यातेर देखाउन चुनौती दिए गोकुल बास्कोटाले

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश च्यातेर देखाउन चुनौती दिएका छन् ।आज (बिहीबार) प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रपतिले नागरिकता विधेयक पुनर्विचार गर्नका लागि पठाएको पत्रमाथि प्रश्न उठाउन नमिल्ने बताए ।

‘संविधानबमोजिम राष्ट्रपतिले पठाउनु भयो, यसमा प्रश्न उठाउने ? मिल्छ त्यो ? राष्ट्रपतिमाथि प्रश्न उठाउने मित्रहरूले कि त भन्नुपर्‍यो, संविधानको यो नियम, कानुन, धाराबमोजिम यो पत्र गतिलो छैन भने च्यातेर देखाउनुुस् ।’उनले विधेयक प्रक्रिया मिचेर हतार-हतारमा ल्याइएको जिकिर गरे । प्रक्रिया मिचेर नजान आग्रह पनि गरे । देशलाई विभाजित गरेर जान नहुने उनको भनाइ छ । बास्कोटाले आफूहरूले नभई ‘सत्तापक्षका सांसदहरूले नै रङ बदलेको’ पनि बताए ।

यो पनि पढ्नुहोश: प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न उद्योगी, व्यवसायीहरुसँग आग्रह गरेका छन् ।आज (बिहीबार) ललितपुरमा छैठौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न आग्रह गरेका हुन् ।

उनले महिला उद्यमशीलता प्रवर्द्धन क्षेत्रलाई थप प्रभावकारी बनाई रचनात्मक भूमिका निर्वाह गर्न जरुरी रहेको पनि बताए। प्रधानमन्त्री देउवाले यस्ता मेलाहरुले व्यावसायिक सञ्जाललाई विस्तार गर्नुका साथै व्यवसायी र उपभोक्तासँगको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

स्वदेशमै उपलब्ध कच्चा पदार्थ, स्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी बिस्तार गर्नमा ध्यान दिनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रका योगदान महत्वपूर्ण रहेको भन्दै निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना बढाएको दाबी गरे ।

उनले अर्थतन्त्रका समस्या र चुनौतीको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई सुचारु राख्न सरकार र निजी क्षेत्रले उचित समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो रहेको बताए। उनले व्यापार मेलाहरुमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकतामा राखे समावेश गरेर वस्तुहरुको प्रचारप्रसार तथा लगानी बिस्तार गर्न आवश्यक रहेको बताए।

उनले यस्त मेलाले दिगो विकासको लक्ष्यमा मद्दत पुग्ने बताए। उनले स्वदेशी उत्पादनलाई बढोत्तरी गर्न र निर्यात बढाउन सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।भदौ ६ गतेसम्म सञ्चालन हुने व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरुको सहभागिता रहनेछ ।

नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्य महासंघले राखेको छ ।मेलामा हस्तकलाका सामानहरुः प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडिबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु प्रदर्शनीमा राखिएका छन् ।