बालेनको डर हो कि साच्चै ह्याक भएको हो त मेयर हर्क साम्पाङको फेसबुक ? यस्तो छ वास्तविकता !

काठमाडौं । पछिल्लो २४ घण्टा यता बालेन र हर्कलाई लिएर सामाजिक सञ्जाल तातेको छ । मेयर हर्क केही समयअघि काठमाडौं आएका थिए। सामाजिक सञ्जालमा निकै सक्रिय रहेका उनले काठमाडौं आएसँगै यहाँको फोहोरको विषयलाई लिएर सामाजिक सञ्जालमा समय समयमा विभिन्न कुराहरु लेखिरहेका थिए।

लामो समयदेखि विभिन्न विवाद र व्यवस्थापनमा कमीका कारण काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको थिएन्। आइतबारबाट भने फोहोर व्यवस्थापनको काम पुनः सुरु भएको छ।

यसबीच बुधबार मेयर राईले सामाजिक सञ्जालमा आफू काठमाडौं नगएको भए फोहोर नउठ्ने रहेछ भन्दै पोस्ट गरेका छन् । ब्यंग्यात्मक शैलीमा धरानका मेयर राई लेख्छन्, ‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कम्से कम काम त सुरु गरे’

राईले सामाजिक सञ्जालमा यस्तो पोस्ट गरेसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि उनको कमेन्टमा ब्यंग्यात्मक शैलीमै जवाफ फर्काएका छन्। बालेनले कमेन्ट बक्समा चुनाव पनि राईले नै छानेको ‘लौरो’ चिह्न लिएर जितेको भन्दै प्रतिक्रिया दिएका छन् । बालेन लेख्छन्, ‘हो नि, तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि।’

यस्तै हर्कले बालनेलाई फेरि स्टाटसमार्फत आक्रोश पोखेका छन् । उनले बालेनलाई नालायक भन्न समेत पछि परेका छैनन् । पदीय मर्यादा बिर्सेर हर्कले स्टाटस लेख्न थालेपछि एउटा अपुष्ट खबर बाहिरिएको छ ।

धरानउपमहानगरपालिकाका मेयर हर्क साम्पाङको फेसबुक आइडी ह्याक भएको अपुष्ट खबर प्राप्त भएको छ । पूर्वसचिव एवम् सामाजिक अभियान्ता भीम उपाध्यायले दिएको अपुष्ट जानकारी अनुसार हर्कको फेसबुक पेज ह्याक भएको हो । उपाध्यायले लेखेका छन्, ‘मेयर हर्क साम्पाङको फेसबुक आईडी ह्याक भएको खबर आयो। त्यस्तै उनैले अर्को स्टाटसमा भनेका छन्, ‘विचरा सोझो हर्क साम्पाङ, उनको फेसबुक साईबर स्यालको कब्जामा पुगेछ।’