ओली भन्छन्-‘म प्रधानमन्त्री हुँदा ९ लाख जनसंख्यालाई गरिबीको रेखाबाट उठाँए’

काठमाडौ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली महिलाहहरु इतिहासमा अग्रगामी स्थानमा भए पनि ३-४ सय वर्षयता महिलालाई पछि पार्न थालिएको बताउनुभएको छ ।

अनेम संघ युवा महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पहिला पहिला बाबुको नाम भन्दा आमाका नामबाट सन्तानको पहिचान हुने बताउनुभयो ।

‘पहिला पहिला बाबुको नाम लेख्ने भन्दा विद्वानहरुले फलानीको छोरा भनेर लेखिदिन्थे । आमाको दर्जा त्यसबेला उच्च थियो’ अध्यक्ष ओलीले भन्नुभयो ‘विभिन्न औपनिवेशिक कारणले महिला समुदाय पछि प¥यो । पछाडी पारियो ।’

केही प्राकृतिक केही शारिरक कारणले महिलालाई पछाडी पारिए पनि धर्तीको यस भागमा महिलाहरु पछि नपरेको उहाँले बताउनुभयो । कतिपयले राणा शासन,पञ्चायती शासन गए पनि अवस्था जहाँको त्यहीं भएको भने पनि त्यो गलत भएको अध्यक्ष ओलीको भनाइ छ ।

‘राणा शासन र पञ्चायती शासनमा यस्तो अवस्था थिएन’ ओलीले भन्नुभयो ‘अहिले अवस्था बदलिएको छ । महिलाको स्तर र स्वतन्त्रता धेरै समुन्नत भएको छ ।’