छोरीलाई सांसद बनाउन राष्ट्रपति भण्डारी लागेपछि…

काठमाडौं, ३१ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले छारी उषाकिरण भण्डारीलाई राजनीतिमा अगाडि बढाउने गरी लाग्दै आएकी छिन् । उनले नेकपा एमालेको महत्वपूर्ण जिम्मेवारी पनि पाइन् ।

यसपटक उषाकिरण काठमाडौं क्षेत्र नं २ बाट उम्मेदवारी बन्ने तयारीमा छिन् । उक्त क्षेत्र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जितेको क्षेत्र हो । नेपाल रौतहटबाट चुनाव लड्ने चर्चा छ ।

उषाकिरणलाई कम्युनिस्ट पार्टीभित्र विरासतको राजनीति गर्न खोजेको भन्नेहरु नभएका होइनन् । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेकी भण्डारीले एमाले कार्यकर्तामाझ परिचय राम्रो बनाइसकेकी छिन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत बलियो साथ रहेको छ । उनका पति उमेश थापा व्यवसायी हुन् ।

यसअघि प्रथम राष्ट्रपति डा. रामवरण यादवले छोरा कृष्णमोहन यादवलाई प्रतिनिधि सभा सदस्य बनाउन सकेका थिए । यादव राष्ट्रपति हुँदा कृष्णमोहन चुनाव जिते तर नभएपछि हार व्यहोर्दै आइरहेका छन् ।