काठमाडौँ झरे लगत्तै हर्क साम्पाङले बिजोग देखेर दिए नसोचेको प्रतिक्रिया, बालेनलाई थपियो झनै अर्को तनाव !

काठमाडौं । धरान उपमहानगरपालिकाका जनप्रिय मेयर हर्क साम्पाङ यतिबेला संघीय राजधानी काठमाडौंमा रहेका छन् । धरानको विकासको एजेण्डा लिएर काठमाडौँ आएका मेयर साम्पाङले काठमाडौँको अवस्था देखेर विभिन्न प्रतिक्रिया आफ्नो फेसबुक मार्फत जनाइ रहेका छन् । राजधानी ओर्लिने बित्तिकै ब्याक टुक ब्याक कडा स्टाटस पोष्ट गरिरहेका छन् ।

उनी हिजाे बिहान काठमाडौँ आइपुगेका हुन् । केहि समय अघि धरानमै पुगेर शहरी विकासमन्त्री मेटमणी चौधरीले काठमाडौँ आउँनका लागी साम्पाङलाई निमन्त्रणा दिएका थिए । स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भए पछि उनी पहिलो पटक काठमाडौँ आएका हुन् ।

आफु सुरक्षित रुपमा काठमाडौं आइपुगेको जानकारी दिँदै काठमाडौँमा छोटो बसाइ मात्रै रहने जानकारी साम्पाङले दिएका छन् उनले धरानको विकासका लागी विभिन्न एजेण्डा लिएर काठमाडौँ आइपुगेको बताएका छन् । उनले सिंहदरबार गएर विभिन्न मन्त्रालयमा भेटघाट गर्ने बताइएको छ ।

साम्पाङ काठमाडौँमा कति समय रहन्छ र को को सँग भेट गर्नेछन् भन्ने विस्तृत विवरण सार्वजनिक भएको छैन । यसैबीच, काठमाडौं ओर्लिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र संघीय सरकारलाई निशाना बनाउदै हर्क साम्पाङले कडा स्टाटस लेखेका छन् ।

उनले यहाँको दुर्गन्धित अवस्था देखेर आफूलाई श्रमदान गर्न मन लागेको बताएका छन् ।धरान उपमहानगरपालिकाका मेयर साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् । ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ ।

जसलाई लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो’

धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले उनी काठमाडौं आएका छन् । स्वतन्त्र उठेर धरानको मेयरमा निर्वाचित उनले धरानको खानेपानी समस्या समाधान गर्न भन्दै निर्माण काममा आफैं सहभागी हुने गरेका छन् र उनले श्रमदानका लागि धरानबासीलाई उत्प्रेरित पनि गरिरहेका छन् ।