यी अभिनेत्रीसँग रिसाए ऋषभ पन्त, भने– मलाई पछ्याउन छोड दिदी

भारतीय क्रिकेट टोलीका विकेटकिपर/ब्याटर ऋषभ पन्तको नाम बलिउड अभिनेत्री उर्वशी रौतेलासँग जोडिएको छ । भर्खरैको एक अन्तर्वार्तामा उर्वशीले आफ्नो र ऋषभ पन्तबीचको एउटा किस्सा सेयर गरेकी छन् । उर्वशीले पन्ततर्फ संकेत गर्दै भनेकी छन्, ‘आरपीले मलाई भेट्न धेरै प्रयास गरेका थिए ।’ उर्वशीका अनुसार पन्तले उनलाई १६/१७ मिसकल दिएका थिए ।

उर्वशीको यो भनाइपछि ऋषभले सामाजिक सञ्जालमा आफ्नो आक्रोश पोखेका छन् । उनले आफ्नो इन्स्टा स्टोरीमा सन्देश लेखेका छन्, ‘केही मानिसहरू रमाइलोको लागि मात्रै अन्तर्वार्तामा झुट बोल्छन्, ताकि उनीहरू विभिन्न हेडलाइनमा रहन सकुन् ।’ उनले उर्वशीलाई आग्रह गर्दै लेखेका छन्, ‘मलाई फलो गर्नुहोस् दिदी, झुटको पनि सीमा हुन्छ ।’

पन्त र उर्वशी डेटमा भेटिएका थिए

सन् २०१९ मा ऋषभ र उर्वशी जुहुको एस्टेला होटलमा लेट नाइट डिनर डेटमा गएको देखिएका थिए । त्यसपछि उनीहरूको सम्बन्धको खबर सामाजिक सञ्जालमा निकै भाइरल भयो । तर, त्यसपछि उर्वशी र पन्तको बाटो छुट्टिएको र पन्तले उर्वशीलाई व्हाट्सएपमा ब्लक गरेको खबर आएको थियो ।

उर्वशीले भनिन्, ‘जब म वाराणसीबाट दिल्ली आएकी थिएँ, तब ‘मिस्टर आरपी’ मलाई भेट्न आएका थिए । उनीहरू लबीमा पर्खिरहेका थिए तर म सुतेँ, पछि थाहा भयो कि मेरो फोनमा १६ देखि १७ मिसकल आएका थिए । तर, मैले पछि भने कि तिमी मुम्बई आउँदा भेटौँला ।’

पन्तले उर्वशीलाई व्हाट्सएपमा ब्लक गरे

त्यतिबेला श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा ऋषभले प्लेइङ–११ मा मौका पाएका थिएनन् । योसँगै उनी मैदानमा पनि खराब लयमा थिए । जसलाई लिएर पन्त चिन्तित पनि थिए । यही तनावका कारण ऋषभले उर्वशीलाई ह्वाट्सएपमा ब्लक गरेको अनुमान गरिएको थियो । पन्त अहिले इशा नेगीसँग रिलेशनशिपमा छन् । ईशा देहरादुनकी हुन् । उनी इन्टेरियर डिजाइनर हुन् । ईशा इन्स्टाग्राममा निकै सक्रिय छिन् ।