मैले आटे भने महिना भित्र देशको मुहारनै फेरिदिनसक्छु : केपी ओली

काठमाडौं । मैले जहाँ छोयो त्यहि बिकास हुन्थ्यो अहिले यो अला’ छिनले जहाँ छोयो खरानी हुन्छ:ओली(भिडियो) पुरा भिडियो हेर्न समचारको अन्तमा जानुहोस् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलच्छिना भएको संज्ञा दिएका छन् ।आइतबार पार्टी निकट भूपुसैनिक तथा प्रहरी संगठनको कार्यक्रममा सम्बोधन गर्दै ओलीले गठबन्धन अलच्छिना सावित भएको भन्दै।

यस्तो संज्ञा दिएका हुन् ।हिजो हामी सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो । आज जहाँ छोयो त्यहीँ खरानी ।’ ओलीले भने ।यस्ता खरानीले फेरि सरकार चलाएर जाने हो भने देश के हुन्छ भन्दै प्रश्न गरेका ओलीले भने , ‘यिनीहरुको केही घराना र आफन्त सप्रिन्छन्, बाँकी सकिन्छ ।

एउटा पत्रिकारले यो गठबन्धन भनेको अलच्छिना नै रहेछ भनेर लेखेको भन्दै ओलीले साच्चै, यो गठबन्धन आएपछि देशको लच्छिन गएको पनि बताए । अन्य थप भिडियो हेर्नुस्।मैले जहाँ छोयो त्यहि बिकास हुन्थ्यो अहिले यो अला’ छिनले जहाँ छोयो खरानी हुन्छ:ओली(भिडियो सहित) ।
गठबन्धनमा सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव, गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य : माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा उपगठबन्धन को छलफलमा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगतिशील शक्तिलाई पनि ।

समावेश गराउने तयारीऔपचारिक रूपमा सिट बाँडफाँडमा प्रवेश नगरे पनि सत्तागठबन्धनका शीर्ष नेताहरूले फरक–फरक प्रस्ताव ल्याएका छन् । अनौपचारिक छलफलमा सिट बाँडफाँडबारे कांग्रेस र गठबन्धनका अन्य शीर्ष नेताका भिन्दाभिन्दै।
प्रस्ताव आएका हुन् ।कांग्रेसले आफ्नो पक्षमा बहुमत आउने गरी सिट बाँडफाँड प्रस्ताव गरेको छ । एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये

आफूले ९५ सिट राखेर बाँकी ७० सिट गठबन्धन का अन्य दललाई दिने उसको प्रस्ताव छ ।

माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबाहेकका चार दलले ८५ सिट पाउनुपर्ने अडान राखेका छन् ।संघको बाँडफाँड टुंगिए त्यही अनुपातमा प्रदेशको सिट पनि बाँड्न सकिने नेताहरूको बुझाइ छ ।

शुक्रबार बस्ने गठबन्धनको बैठकमा तालमेलबारे औपचारिक निर्णय हुने र सिट बाँडफाँडबारे प्रारम्भिक छलफल हुन सक्ने नेताहरूले बताएका छन् ।०७४ को नतिजा र ०७९ को स्थानीय तह निर्वाचन परिणाम सिट बाँडफाँडको मुख्य आधार हुन सक्ने नेताहरू बताउँ छन् । तालमेलमा सहमति जुट्न ।
नसके गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलहरूले प्रगतिशील मोर्चाको तयारी पनि गरिरहेका छन् । उनीहरूको ५० प्रतिशत सिट सुनिश्चित हुने गरी कांग्रेससँग छलफल गर्ने तयारी छ ।
उपगठबन्धनको गृहकार्यपाँचदलीय गठबन्धनभित्र रहेका वाम समाजवादी पार्टीले उपगठबन्धनको गृहकार्य गरेका छन् । माओ वादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच उपगठबन्धनको गृहकार्य भइरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगतिशील शक्तिलाई पनि समावेश गराउने तयारी छ ।
निर्वाचनमा एमालेलाई किन बहुमत दिने पढ्नुहोस प्रधानमन्त्री हुँदा ओलीले गरेका १० कामहरू
अचेल जताततै सरकारप्रति असन्तुष्टिको चर्को आवाज सुनिन्छ। नेपालीहरु वर्षौंदेखि विकासको व्यग्र प्रतीक्षामा छन्। अस्थिर सरकारका कारण अपेक्षित उन्नति हुन नसकेको धेरैको आंकलन थियो। ओली सरकार गठन भएपछि आशा निकै चुलियो। साढे तीन वर्ष देशमा राजनीतिक माहोलले आशाको दियो बालिरहेको थियो । सर्वसाधारण जनता देशमा ‘अब त केही हुन्छ’ भन्न थालेका थिए ।
एकैपल्ट ‘देश कायापलट’ भइहाल्ने होइन। सरकारले बाँडेको समृद्धिको सपना पनि रातारात पूरा भइहाल्दैन। ओली सरकारको साढे तीन वर्षको कार्यकालमा धेरैतिरबाट धारे हात तेर्स्याइएका थिए। यस सन्दर्भमा अर्को प्रश्न पनि छ, के त्यो साढे तीन वर्षमा केही पनि गरेन ओली सरकारले?

अहिले देउवा सरकारका काममाथिको समीक्षा चलिरहेको बेलामा मैले पुर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका केही आशालाग्दा कामलाई सूचीकृत गरेका छु जुन कामको प्रशंसा समेत भएको थियो ।

१. चीनसँग पारवाहन सम्झौता

चीनसँगको व्यापार र पारवाहन सम्झौता नेपालका लागि दीर्घकालिन महत्वको सम्झौता हो। भारतवेष्टित नेपालका लागि चीनसँग सहज पहुँचका लागि यो सम्झौता नेपालको दीर्घकालीन हितका लागि महत्वपूर्ण छ। पारवाहन सम्झौताको प्रोटोकलमा ओलीको पालामा हस्ताक्षर भयो ।

२. शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

ओली सरकारले युवालाई उद्यम व्यवसाय तिर आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था गरेको थियो। यही योजनालाई मूर्त रुप दिन राष्ट्र बैंकले युवालाई प्रमाणपत्रका आधारमा कर्जा दिने कार्यविधि पनि जारी गर्यो। स्नातक उत्तीर्ण युवाले शैक्षिक प्रमाणपत्रको धितोमा ७ लाख रुपैयाँसम्म ब्याज अनुदानमा कर्जा पाउने व्यवस्था छ।

३. प्रधानमन्त्री रोजगार कार्यक्रम

ओली सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको आरम्भ गरेको हो। बेरोजगार युवालाई रोजगारी दिलाउन सरकारले यो महत्वाकांक्षी कार्यक्रम अघि सारेको हो। न्यूनतम एक सय दिन रोजगारी दिन नसकेमा निर्वाह भत्ता दिने भएको छ।

४. श्रमिकको ज्याला वृद्धि

ओली सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक ३९ प्रतिशत वृद्धि गरेर १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको थियो। देशभर लागू हुने गरी नयाँ न्यूनतम परिश्रमिकको आधारमा दैनिक ज्याला ३ सय ९८ रुपैयाँबाट बढाएर ५ सय १७ रुपैयाँ र प्रतिघन्टा ७० रुपैयाँ तोकिएको हो।

५. पर्यटकीय गन्तव्य सूची

ओली सरकारले देशका विभिन्न एक सय वटा पर्यटकीय गन्तव्यको सूची बनायो। नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न विभिन्न जिल्लाका एक सय वटा स्थान पहिचान भएपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि सघाउ पुग्नेछ।

६. साना किसानको ऋण मिनाहा

ओली सरकारले कृषि विकास बैंकबाट साझा सहकारीले करिब ३५ वर्षअघि लिएको साना किसानको ऋण मिनाहा गरेर कृषकलाई राहत दिएको थियो। तत्कालीन साझा कृषि सहकारीबाट ऋण लिएको करिब ३० करोड ऋण मिनाहा भएको हो। ऋण मिनाहबाट ६ सयदेखि ७ सय परिवार लाभान्वित भएका थिए।

७. ज्येष्ठ नागरिक स्वास्थ्य बिमा

ओली सरकारले ज्येष्ठ नागरिकका लागि रु १ लाखसम्मको स्वास्थ्य बिमा गर्न नियमावली तर्जुमा गरी नामावली संकलन सुरु गरेको थियो।

८. २०७७ जेठ ७ गते नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भाग थपेर चुच्चे नक्सा ओलीले सार्वजनिक गरे ।

९. रेल र पानीजहाज चलाउने योजना तत्कालीन सन्दर्भमा हँसीमजाकको विषय भए पनि दीर्घकालिन महत्वको सोच र निर्णय हो।

१०.ओली सरकारले १३० वटा तुइन विस्थापित गरी झोलुङ्गेपुल निर्माण गरेको थियो।

(रिजाल प्रखर बक्ता तथा नेकपा एमालेका युवा नेता हुन् ।)