कुमारी आमा निहारिकाले गरिन् राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौं । धनुषाबाट न्याय माग्न काठमाडौं आएकी निहारीकाराजपुतले राष्ट्रपति भवन शितल निवास अगाडि आत्मदाहको प्रयास गरेकी छन्।

आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही गर्न माग गर्दै आइरहेकी कुमारी आमा निहारिले शुक्रबार दिउँसो शितलनिवास अगाडि आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले प्रहरीले जोगाएको छ।

आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित उनी आन्दोलनरत छिन्।

पछिल्लो समय उनी १ हप्तादेखि आमरण अनसनमा थिइन्। काठमाडौंको बसन्तपुर डबलीमा आमरण अनसनमा रहेकी उनी शुक्रबार आत्मदाह गर्ने भन्दै शीतल निवास पुगेकी थिइन्।

सरकारकारसँग ५ बुँदे सहमति भएपछि उनले गत महिना गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेकी थिइन् ।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनका छोराको सुरक्षा आवास व्यवस्थापनका लागि पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको थियो।

सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका थिए।