विमला वलीलाई एकाएक फेरि एकराजको झझल्को आयो, अब त यसो पो भन्न थालिन् !

काठमाडौँ —

काण्डैकाण्ड गर्दै आएकी लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री विमला कुमारी वली खत्रीलाई फेरि पूर्वप्रेमि एकराजको एकाएक झझल्को आएको छ । राज्यमन्त्री वलीले पूर्वप्रेमी एकराजलाई सम्झिएकी हुन् ।

वलीले एकराजबाट आफूले पाउनुपर्ने ६ लाख २० हजार रुपैंया अझै नपाएको गुनासो गरेकी छिन्। वाइसीएल नेता एकराज बस्नेतले लगेको सापटी रकम दिलाउन पार्टीका नेताहरुलाई भनेको भएपनि अझै हात नपरेको उनको गुनासो छ।

आफूले राज्यमन्त्रीबाट राजीनामा दिएको भएपनि लगेको सापटी रकम अझै फिर्ता नदिएको वलीले बताइन्। खास पाउनुपर्ने साढे ६ लाख हो, प्रतिवेदनमा ६ लाख २० हजार मैले पाउनुपर्ने भनिएको छ।

डेढ महिना भइसक्यो अहिलेसम्म पाएको छैन। उनले भनिन्, पार्टीका धेरै नेताहरुलाई सम्पर्क गरें। सबैले हुन्छ हुन्छ मात्र भन्नुहुन्छ, पाएको छैन। वलीले त्यतिबेला आफूलाई राज्यमन्त्रीबाट राजीनामा दिन लगाए पनि सापटी फिर्ता गराउन पार्टीका नेताले चासो नदिएको उल्लेख गरिन् ।

मलाई राजीनामा दिन लगाइयो। सांसद पदबाट पनि दिन्छु भनेको, नदिनु भन्नुभयो। चुप लागेर बस्न बाध्य बनाइयो। उनले भनिन्, मैले झण्डावाला गाडी लगें। त्यही गलत भयो होला।

अरु त सबै हल्ला चलाइएको त हो नि। एउटा सिंगल महिला देखेर समाज नै म माथि लागेको हो। वलीले आफ्नो बस्नेसँग कुनै सम्पर्क नभएको र पार्टीले नै रकम फिर्ता दिलाउनुपर्ने उल्लेख गरिन्।