३ लाखको चेक बाउन्स भएपछि फरार भएकी महिला घारीमा लुकेको अवस्थामा पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बागलुङको ताराखोला गाउँपालिका–१ घर भइ पोखरा मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुन हुन्।

रकम नभएको चेक दिएर फरार हुँदै निगालो घारीमा लुकेर बसेको अवस्थामा आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पक्राउ गरेको हो।

पुनले दिएको ३ लाखको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा जोहरी दिएका थिए। त्यसपछि घारीमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।