बबिता राना र सिद्घार्थ घिमिरेको आवाजमा मौलिक दोहोरी गित ‘भुर्रभुर्र चमेरो’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसैविच लोक दोहोरी गायिका बबिता रानाको नयाँ दोहोरी ‘भुर्रभुर्र चमेरो’ भखर्रै सार्वजनिक भएको छ । यस अघि पनि गायिका रानाको आवाजमा रहेको दोहोरी सर्वप्रिय छन्, रानाको तिज कोसेली चाईनाको सारी गित पनि बजारमा सार्वजनिक भईसकेको छ ।

सुप्रसिद्ध दोहोरी गायिका बबिता राना र गायक सिद्घार्थ घिमिरेले गाएको गितमा गायिका रानाको उत्कृष्ट शब्द सृर्जना एवम् गायक घिमिरेको लय रचना रहेको छ । गितमा सुनिल परियारको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको माया प्रेमको विषयस्तु दर्शाईएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

दिपक राज सुनार उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा सिद्धार्थ घिमिरे, केपिला गौतम र अपेक्षा सेरचनको अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ ।

अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दिपक गिरिले छांयाकन एवम् कल्पेश विक र मिन रावलले सम्पादन गरेका छन् । गित Siddhartha Ghimire अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनि: