रणवीरको नग्न फोटोसुटबारे विद्या बालनको प्रतिक्रियाः हामीलाई पनि आँखा सेक्न दिनुहोस् न !

शुक्रबार, साउन १३, २०७९
भारतीय अभिनेता रणवीर सिंहले हालै नग्न फोटो सुट गराएपछि त्यसको चर्चाले बजार तातिएको छ । उनको नग्न फोटोसुटको विषयलाई लिएर पक्ष र विपषमा बहस भइरहेको छ । रणवीरले आफू ‘दर्शकहरूको खुशीको लागि जे पनि गर्न तयार रहेको’ प्रतिक्रिया दिएका छन् । यद्यपि, उनका समर्थकहरूले खासै रुचाएका छैनन् ।

रणवीरको नग्न तस्वीरलाई लिएर उनी ट्रोल बनिरहेका छन् । उनको फोटोसुटलाई लिएर प्रहरीमा उजुरीसम्म परेको छ । उनलाई महिलाहरूको मानसिकतामा असर पारेको आरोप लगाइएको छ । रणवीरको फोटोसुटले बलिवुडमा बहस नै सिर्जना गरिदिएको छ । यसबारेमा आम जनतादेखि कलाकारसम्मले आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

यही क्रममा भारतीय अभिनेत्री विद्या बालनले पनि प्रतिक्रिया दिएकी छन् । उनले रणवीरको समर्थन गरेकी छन् । सञ्चारकर्मीहरूले यस सन्दर्भमा गरेको प्रश्नमा उनले भनिन्, ‘अरे ! यसमा के समस्या छ ? पहिलो पटक कसैले यस्तो गरिरहेको छ । हामीलाई पनि आँखा सेक्न दिनुहोस् न !’

प्रहरीका परेको उजुरीको सन्दर्भमा सोधिएको प्रश्नमा उनले काम नपाएका केही व्यक्तिले उजुरी दिएको प्रतिक्रिया दिएकी छन् । ‘यदी तपाईंलाई राम्रो लाग्दैन भने पत्रिका बन्द गरिदिनुहोस् न, जे गर्नु छ गर्नुहोस् न, उजुरीको चक्करमा किन पर्ने ?’