हनिमुन मनाउन नपाउदैँ नीता ढुंगाना अस्पताल भर्ना

गत असार २४ गते विवाह गरेकी नायिका नीता ढुंगानाको स्वास्थ्यमा समस्या आएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी छन् । पारिवारिक स्रोतका अनुसार एपे न्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्प तालमा भर्ना भएकी हुन् ।

आज दिउँसो नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम थियो । तर, जाँदै गर्दा बाटोमा अचा नक पेट दुख्न थालेपछि उनी अस्पतालतिर लागेकी थिइन् । नीताको भोलि बिहान अप’रेसन हुने बुझिएको छ ।

नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे । असार २४ मा अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले विवाह गरेका थिए । उनीहरुको विवाह काठमाडौंको याक एण्ड यति होटलमा भएको हो ।

उनीहरूको विवाहमा सेलेब्रिटी, व्यवसायी तथा आफन्तहरूको सहभागिता थियो । नीताले आफ्नो विवाहको फोटो फेसबुकमा सार्वजनिक गरेकी छन् । नीता र हरिहर तीन वर्षदेखि प्रेममा थिए ।

विवाह गरेको ६ वर्षपछि विपाशा बासु आमा बन्दै

ग्ल्यामरस नायिका विपाशा बासु र अभिनेता करणसिंह ग्रोबरले आफ्नो पहिलो सन्तानलाई जन्म दिने भएका छन् । उनीहरूले आफैँ यो खबर सार्वजनिक नगरे पनि दम्पतीसँग नजिकको अनलाइन पोर्टलहरूमार्फत उनीहरू छिट्टै आमाबुवा बन्न लागेको खबर साझा भएको हो ।

भारतीय मिडियाहरूका अनुसार विपाशा र करण छिट्टै आधिकारिक रूपमा आफ्नो गुड न्यूज घोषणा गर्न र आमाबुवा बन्न उत्साहित छन् । सन २०१५ मा विपाशा र करण चलचित्र ‘अ लोन’ को सु टिङको दौरानमा एक अर्काको प्रे ममा परेका थिए।

सोप श्चात् यो जोडीको अन–स्क्रिन के मेस्ट्री अफ–स्क्रि न प्रेममा परिवर्तन भएको थियो । आफ्नो प्रेमसम्बन्धलाई उनीहरूले अप्रिल ३०, २०१६ मा विवाहमा परिणत गरेका थिए ।