जनार्दन शर्मा निर्दोष प्रमाणित भइसके, उनले ल्याएको बजेटको चौतर्फी प्रशंसा र स्वागत : प्रचण्ड

काठमाडौं १३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वअर्थमन्त्री जनार्दन शर्मा निर्दोष प्रमाणित भएको बताएका छन् ।

शुक्रबार प्रेस सेन्टर नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले शर्मा निर्षोद प्रमाणित भएकोमा खुसी व्यक्त गर्दै प्रचण्डले शर्माले ल्याएको बजेटको चौतर्फी स्वागत भइरहेको बताए ।

‘सबैले बजेट राम्रो छ भनेर प्रशंसा र स्वागत गर्दै थिए । एकाएक राति १२ बजे बजेट हेरफेर गर्‍यो भनेर आयो । मैले नै अध्यक्षको हैसियतले छानबिन गर्न लगाएको हुँ ।’ प्रचण्डले भने ।

छानबिन समितिले आज बुझाएको प्रतिवेदनले शर्मालाई निर्दोष प्रमाणित भएको बताएका उनले भने , ‘अब प्रमाणित भइसक्यो । त्यो घोषणा भयो । कुनै गल्ती भएको छैन भनेर रिपोर्ट दिइयो । यी कुराहरूलाई जनताका बीचमा हामीले कन्फिडेन्टली किन नभन्ने ?’