यिनै हुन् अस्ट्रेलिया लैजान्छु भन्दै नक्कली बिहे गरेर श्रीमानको ह’त्या गरि बिमाको २ करोड ५० लाख कुम्लाउने सपना

काठमाडौँ । साढे दुई करोड रुपैयाँ बीमा गरेर एक युवतीले श्रीमानको ह त्या गराएकी छिन् । बाँके कोहलपुरकी सपना मल्लले पैसाका लागि नक्कली बिहे गरेर श्रीमानको ह त्या गरेकी हुन् ।

बाँके कोहलपुरका सर्जन विकको यसरी हत्या भएको हो । उनको दुर्घटनामा मृ त्यु भएको देखाई बीमाका लागि ह त्या भएको हो । हत्याअघि उनको साढे दुई करोड रुपैयाँको बीमा गरी स्थापना सपना मल्लसँग विवाह दर्ता गरिएको थियो ।

ठगीकै योजनाअनुसार यसरी बीमा गरी ह त्या भएको प्रहरीले जनाएको छ ।यो घटनामा संलग्न सपनासहित संजीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दिपक केसी र ललिता सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

ब्यूरो प्रमुख एआइजी उत्तमराज सुवेदीका अनुसार सपना जापान जान लागेको अवस्थामा दिल्ली विमानस्थलबाट नेपाल फर्काएर पक्राउ गरिएको हो ।

२०७८ सालको बैशाख २ गते सर्जनको बाँकेको बैजनाथ गाउँपालिका–६ मा मिनिबसको ठक्करबाट मृत्यु भएको थियो । योजनाबद्ध रुपमा बसले ठक्कर दिएर ह त्या भएको हाल अनुसन्धानमा खुलेको छ ।

त्यसअघि विकको रिलायन्स लाइफ इन्स्योरेन्समा बीमा गरिएको थियो । उनको मृ त्यु हुनुभन्दा दुई महिनाअघि बीमा गरिएको र एक महिनाअघि मात्र सपनासँग विवाह दर्ता गरी बीमा इच्छाएको व्यक्तिमा उनको नाम राखिएको थियो ।

घटनाका मुख्य योजनाकार संजीव अर्याल भएको र बीमा अभिकर्ता सरदार अहमत खाँ लगायतको मिलेमतो रहेको सिआइबीले जनाएको छ ।

यस्तो थियो घटनाको नालीबेली

बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित लालपुरमा २०७८ वैशाख २ मा मोटरसाइकल दुर्घटनामा परेर २१ वर्षीय सर्जन विकको मृ त्यु भयो । सर्जन कोहलपुरस्थित गिट्टी, बालुवा र ढुंगा सप्लाई गर्ने डिपोका कामदार हुन् ।

डिपो सञ्चालक हुन्– स्याङ्जा घर भई कोहलपुरमा बस्ने ३१ वर्षीय सञ्जीव अर्याल ।राति ११ बजे अर्यालले भनेअनुसार भे१०प १७२७ नम्बरको मोटरसाइकल लिएर टिप्परमा बालुवा लोड गराएर बैजनाथ गाउँपालिका–६ स्थित लालपुर हुँदै सर्जन कोहलपुर नगरपालिकाको सम्झनातिर फर्किँदै थिए ।

कोहलपुरबाट डिगियातर्फ गइरहेको भे१ख२४९१ नम्बरको मिनी बसले सर्जनको मोटरसाइकललाई ठक्कर दियो । ठक्कर दिएर बसलाई घटनास्थलमै छाडेर चालक टोपबहादुर राना क्षेत्री भागे ।

३३ वर्षीय जित बहादुर बैजनाथ गाउँपालिका–८ का स्थानीय हुन् । सो बसका धनीसमेत रहेका टोपबहादुरले दुर्घटनापछि बारम्बार मिनिबस अगाडि र पछाडि सारेर मोटरसाइकल चालकको मृ त्यु भएको यकिन गरे । त्यसपछि उनी गाडी छाडेर फरार भए ।

दुर्घटनास्थलबाट सर्जनलाई प्रहरीले कोहलपुर मेडिकल कलेजमा लग्यो । सवारी ज्यान मुद्दा चलायो । जिल्ला अदालत बाँकेमा २०७८ वैशाख २७ मा सवारी ज्यान मुद्दा दर्ता भयो । माघ २५ मा अदालतले मिनिबसका चालक टोपबहादुरलाई ३० दिन कैद र २ हजार जरिवाना हुने फैसला सुनायो ।

मृ तकले चलाएको मोटरसाइकलका धनी कोहलपुर नगरपालिका–१५ घर भएका सरदार अहमद खाँले पनि सफाइ पाए ।तर, घटना भएको एक वर्षपछि दुर्घटना नभएर योजनाबद्ध रूपमा सर्जनको ह त्या गरिएको रहस्य सार्वजनिक भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तम सुवेदीले शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘दुर्घटना’ अघिको सङ्गठित योजनाबारे जानकारी गराएका छन् ।

सर्जन दुर्घटनामा पर्नुअघि नै २ करोड ५० लाखको सावधिक जीवन बीमा र म्यादी जीवन बीमा गरेर सो रकम लिन योजनाबद्ध ‘दुर्घटना’ गराएको एआईजी सुवेदीले बताए । पत्रकार सम्मेलनमा सुवेदीले भने, ‘रिलायन्स लाइफ ईन्स्योरेन्सबाट मृ तकसँग विवाह दर्ता गरेकी सपना मल्लले चेक बुझेर कामना सेवा विकास बैंकको आफ्नो खातामा जम्मा गरेको देखिन्छ ।’

बीमाको दुई करोड ५० लाख असुल्ने योजनामा संलग्न ६ जनालाई ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकलाई जागिर दिने सञ्जीव अर्याल, मृतकसँग विवाह दर्ता गरेकी कोहलपुर–२ घर भएकी सपना मल्ल, कोहलपुरका सरदार अहमद खाँ, मिनिबसका चालक टोपबहादुर राना क्षेत्री, कोहलपुर घर भएका ३८ वर्षीय दीपक केसी र २१ वर्षीया ललिता सापकोटा उर्फ आरती छन् ।

सपना मृ त्यु संस्कारमा अनुपस्थित

मृ तक र सपना मल्लको बीचमा विवाह दर्ता भएको छ । प्रहरीका अनुसार विवाह दर्ता गरे पनि उनीहरू नियमित सम्पर्कमा थिएनन् । २०७७ चैत २ मा उनीहरूले विवाह दर्ता गरेका हुन् । डिपेन्डेन्ट भिसामा ‘अस्ट्रेलिया पठाउँछु’ भनेर सञ्जीव आर्यालले उनीहरूलाई विवाह दर्ता गराएको अनुसन्धानबाट थाहा भएको छ । विवाह दर्ता गरेपछि सपना काठमाडौँ आइन् ।

२०७७ फागुन २८ मा बीमा गर्दा इच्छाएको व्यक्तिमा सपना मल्लको नाम भरिएको थियो । बीमा गरेको ४ दिनपछि उनीहरूको विवाह दर्ता गरिएको थियो । तर, उनीहरू दुवैले एक–अर्कालाई चिन्थेनन् । २०७८ वैशाख २ मा दुर्घटनामा परेर सर्जनको मृत्यु भएपछि मृ त्यु संस्कारमा २१ वर्षीय सपना सहभागी भइनन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार सर्जनको मृ त्यु भएको कुरा सपनालाई सञ्जीव अर्यालले बताएका हुन् । सर्जन विकको मृ त्युपछि बीमा रकम भुक्तानीको प्रक्रिया सञ्जीव अर्याल र दीपक केसीले गरे । काठमाडौँमा बीमा रकम भुक्तानी लिन सपनालाई दीपक केसीले लिएर आएको अनुसन्धानबाट थाहा भएको छ ।

कोहलपुरस्थित कामना सेवा विकास बैंकमा मृतक र सपनाको खाता सञ्जीवले नै खोलिदिएका हुन् ।

सञ्जीवले तिरे बीमा शुल्क

रिलायन्स इन्सुरेन्स कम्पनी, कोहलपुर शाखामा सर्जन विकको बीमा गरियो । बीमाको प्रथम शुल्क ५ लाख ४० हजार सञ्जीव अर्यालले भुक्तानी गरेको भेटिएको छ । बीमा गराउने एजेन्ट सरदर अहमद खाँ हुन् ।

एजेन्टकै मोटरसाइकल दिएर सर्जनलाई योजनाबद्ध दुर्घटनामा पारिएको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट थाहा भएको छ । बीमा गराउने एजेन्ट र सञ्जीव पूर्व परिचित हुन् । सञ्जीवसँग सपनालाई ललिता कुमारी सापकोटा उर्फ आरतीले भेट गराएकी हुन् ।

भेटमा सपनालाई ‘डिपेन्डेन्ट भिषा’मा अस्ट्रेलिया पठाउने विषयमा कुरा भएको ललिताले प्रहरीलाई बताएकी छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार ललिताचाहिँ सञ्जीवको केटी साथी हुन् ।

बीमाको रकम बाँडफाँट

सर्जनको मृ त्युपछि २ करोड ५० लाख रुपैयाँको चेक सपना मल्लको बैंक खातामा जम्मा गरियो । सो रकम योजनामा संलग्न सबैले बाँडेर लिएको एआईजी उत्तम सुवेदीले बताए । मुख्य योजनाकार सञ्जीव अर्यालले ८० लाख ३६ हजार र दीपक केसीले ६० लाख रुपैयाँ लिएको थाहा भएको छ ।

सपना मल्लले ८६ लाख ८९ हजार र सपनाको आमा छविकुमारी खत्रीको बैंक खातामा १७ लाख जम्मा गरेको भेटिएको छ । सो रकम सपनाको एटीएम कार्डबाट ३ लाख ५० हजार र पीओएस मेशिनमार्फत २ लाख ६९ हजार खर्च गरेको भेटिएको छ ।

बीमा रकम बुझेको दिन उनीहरूले ५ हजार ३ सय रुपैयाँ रिचार्जकार्ड किन्न खर्च गरे ।सपना दिल्ली हुँदै जापान उड्दै थिइन् । साउन ९ मा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको एआईजी सुवेदीले जानकारी दिए ।