केटाहरुले जसरी जुँगा पालेर भाइरल बनेकी यी महिलाले खोलीन् यस्ता अपत्यारिला रहस्यहरु, ३५ वर्षमा पनि यस्तो अचम्म !

काठमाडौं :

केटी मान्छेले दाह्री जुँजा पालेको कल्यिै देख्नु भएको छ ? त्यो पनि गर्वसाथ ? आँफुले पालेका जुँगा मुसारेर शान देखाउने महिला अहिले सामाजिक संजालमा भाइरल बनिरहेकी छिन् ।

यी जुँगा पाल्ने महिला भारतकी हुन् । शायजा नाम गरेकी यी युवती केरला राज्यको कन्नूरकी हुन् । ३५ वर्षीया शायजालाई उनको जुँगाको कारण धेरै पटक उपहासको विषय बन्नु पर्यो तर अहिले उनी जुँगाकै कारण चर्चाको शिखरमा छिन् ।

पछिल्ला दिनमा जुँगा पालेरै लोकप्रिय बनेकी उनी विभिन्न मिडियामा अन्तरवार्ता दिँदै भन्छिन् ‘मलाई जुँगा राख्न मनपर्छ, त्यसैले म त्यसलाई काट्दिन ।’ धेरै महिलाहरू जस्तै शायजाको अनुहारमा धेरै कपाल थियो।

उनी नियमित रूपमा थ्रेडिङ गर्थिन् तर माथिल्लो ओठको कपाल हटाउन आवश्यक महसुस गरिनन्। करिब पाँच वर्षअघि उनको जुँगाको कपाल बाक्लो हुन थाल्यो । शायजा अहिले जुँगा बिना बाँच्ने कल्पना पनि गर्दिनन् । यी युवतीको परिवारले आँफ्नो यो कदमलाई साथ दिएको समेत बताउँछिन् ।

उनले भन्छिन् ‘यदि मसँग दुईवटा जीवन भएको भए म अरूका लागि एउटा जीवन बाँच्न सक्थें । मैले अहिलेसम्म ६ वटा शल्यक्रिया गरिसकेको छु ।

पछिल्ला केही वर्षहरूमा, स्तनमा गाँठो हटाउन शल्यक्रिया र त्यसपछि अण्डाशयबाट सिस्ट हटाउन शल्यक्रिया गरिएको थियो। शायजाका अनुसार उनका पति काममा जान्थे र केही चाहिएमा राती एक्लै पसल जान्थिन् । उनी आफ्नै खुट्टामा उभिएको भएर पनि उनमा एक खालको आत्मविश्वास बढेको शायजा आँफै गर्वसाथ बताउँछिन् ।