६० वर्ष काटेका कुनै उम्मेदवारलाई भोट हाल्ने छैन ; दिपक राज गिरी

अभिनेता दीपकराज गिरिले आगामी निर्वाचनमा ६० वर्ष नाघेका उम्मेदवारलाई भोट नहाल्ने घोषणा गरेका छन् ।

उनले आगामी निर्वाचनमा कुन पार्टीको उम्मेदवारलाई भोट हाल्ने थाहा नभए पनि ६० वर्ष कटेका उम्मेदवारलाई भने भोट नहाल्ने बताए । उनले ६० वर्ष कटेकालाई रिटायर्डको संज्ञा दिएका छन् ।

‘यो चुनावमा कुन पार्टीको उम्मेदवारलाई भोट हाल्ने थाहा छैन तर ६० वर्ष काटेका कुनै उम्मेदवारलाई भोट हाल्ने छैन, रिटायर्ड’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।