खेम सेन्चुरी र जानुका तामाङ्गको स्वरमा तीज गीत ओइ बुढा चर्चामा

गायक खेम सेन्चुरी र उनकी श्रीमती बीच लफडा परेको छ,श्रीमतीले भनेको न मान्ने र उता उनको श्रीमती पनि आफुले भनेको नमान्ने भएपछि दुइ बीच सधै झगडा पर्ने गरेको छ। उनीहरु बीच सानो सानो कुरामा पनि लफडा पर्ने गरेको भिडियोमा देखिन्छ जुन भिडियो भने बास्तबिकता नभएर गीतको भिडियोमा रहेको छ।

नेपाली नारीहरु महान पर्व हरितालिका तिजको हार्दिक शुभकामना व्यक्त गर्दै लोकप्रिय गायिका जानुका तामाङ्ग र गायक खेम सेन्चुरीको तीज गीत ‘ओइ बुढा’बजारमा आएको छ।

गीतमा खेम सेन्चुरी र जानुका तामाङ्गले आवाज दिएका छन भने खेम आफैले शब्द संगीत भरेका छन।तीजमा प्रायजसो खेम र जानुकाको जोडी निकै जमेको छ।गत बर्ष पनि यो जोडीले बजारमा ल्याएको गीत सर्बाधिक हिट भएको थियो भने यो साल पनि गीतले आम दर्शक श्रोताको मन जितेको छ।

गीतमा खेंम र जानुका आफैले अभिनय गरेका छन भने निर्देशन प्रकाश भट्टले गरेका छन।बिष्णु शर्माको सम्पादन र राजेश घिमिरेको छायांकन रहेको भिडियो जानुकाको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ।पुरा गीत हेरौ :

यो पनिः