दिप गुरुङको उत्कृष्ट निर्देशनमा चिज गुरुङको मौलिक तिज गित ‘लन्ठु पोई’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसैविच लोक दोहोरी गायक चिज गुरुङको नयाँ तिज कोसेली ‘लन्ठु पोई’ डिजिटल बजारमा सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायक चिज गुरुङ र गायिका मिना लामाले गाएको गितमा गायक गुरुङकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा विश्वास नेपालको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा सामाजिक यथार्थ घटनामा आधारित विषयबस्तु चित्रण गरिएको छ । जाँड खाएर बुढाबुढी झगडा गरेको, घरपरिवारमा कलह भएको, छोराबुहारीसंग झगडा गरिएको पारिवारिक कथावस्तु दर्शाईएको उक्त गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

दिप गुरुङको उत्कृष्ट कथावस्तु एवम् निर्देशनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा चिज गुरुङ, मिना लामा, कृतिका र कृतिमको अभिनय रहेको छ । चिज र मिना बुढाबुढी र कृतिमा र कृतिम छोराबुहारीको भुमिका देखिएका छन् । अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई शम्भु चालिसेले छांयाकन एवम् मेक बहादुर थापाले सम्पादन गरेका छन् ।

गित Chij Gurung अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः