नेताहरुले आफ्नै छोराछोरी तथा नातेदारका छोराछोरीलाई छात्रवृत्ति दिलाउन राजदूतावासमा जान बन्द गर्न पर्यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं ८ साउन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी चलाउन र चुनाव लड्न विदेशीको पैसा लिन बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार आयोजित एक अन्तक्रिया कार्यक्रममा नेता श्रेष्ठले यस्तो बताएका हुन् । देशभक्तिपूर्ण आन्दोलन चलाउन बुँदागत रुपमा आफ्नो विचार राखेका श्रेष्ठले पार्टी चलाउन र चुनाव लड्न विदेशीको पैसा लिन बन्द गर्नुपर्ने बताएका हुन् ।

दोस्रो बुँदाका रुपमा उनले आफ्नो स्वार्थको निम्ती पार्टी र गुट चलाउन विदेशीलाई स्वीकार गर्ने वा आमन्त्रण गर्ने काम बन्द गर्नुपर्ने तेस्रो बुँदामा आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्ने नाममा अर्थ मन्त्रालयको प्यारा मिटर भन्दा बाहिर गएर विदेशी राजदूतावास धाएर आर्थिक र भौतिक सहयोग लिन बन्द गर्नुपर्ने बताए ।

साथै,कार्यक्रमका उनले आफ्नै छोराछोरी, आफ्नै नातेदार र भोट ब्याङ्क भएका कार्यकर्ताका छोराछोरीलाई छात्रवृत्ति दिलाउन राजदूतावासमा जान बन्द गरिनु पर्ने पनि बताए ।