सुनितामी परियार र तेजु सनमको मौलिक तिज गित ‘पिया राजै’ बजारमा

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । सोही क्रममा लोकप्रिय दोहोरी गायिका सुनितामी परियार र तेजु सनमको नयाँ तिज गित ‘पिया राजै’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायिका सुनितामी परियारले गाएको गितमा गितकार तेजु सनमको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ भने गायिका परियारले संगित रचना गरेकि छिन् । गितमा कृष्ण विक भान्जाको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा तिजको मौलिकता संगै विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । सुनितामी परियार पछिल्लो समय प्रत्यक्ष दोहोरीमा पनि निकै व्यस्त देखिन्छिन् उनले गाएका दोहोरीहरु सर्वाधिक रुचाईएका छन् । केही समय अघि बजारमा आएको ‘रुमाल साट्न पर्दैन, जुनेली रातैमा, ढुंगा जस्तो मन लगायत थुप्रै गितहरु चर्चाको शिखरमा छन् ।

मौसम हिमालीको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा अञ्जली अधिकारि, सुनितामी परियार र तेजु सुनामको अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ ।

बिपि फिल्मस नेपालको पोष्ट प्रोडक्सनमा अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नवराज उप्रेतिले छांयाकन एवम् प्रविन भट्टले सम्पादन गरेका छन् । गित SUNITAMI PARIYAR अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनिः