सुमन परियार र सविता परियारले गाएको मौलिक तिज गित ‘माईलीले लाएको सारी’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच दोहोरी गायिका सविता परियारको प्रस्तुतिमा रहेको तिज कोसेली ‘माईलीले लाएको सारी’ भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायक सुमन परियार र गायिका सविता परियारले गाएको गितमा गितकार एवम् सर्जक सुनिल वि.सी.को उत्कृष्ट लय शब्द सृर्जना रहेको छ भने गायिका परियारले पनि शब्द लेखनमा सहयोग गरेकि छिन् । गितमा इन्द्र जिसीको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको माया प्रेमको विषयस्तु दर्शाईएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

काजिश श्रेष्ठको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा सुमन परियार, अनुप विष्ट, नारायणी खत्री र सुशिला परियारको अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ ।

अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई  करन चौसिरले छांयाकन एवम् दिपक विष्टले सम्पादन गरेका छन् । गित Sabita Pariyar अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनिः