यसकारण नागिनकी नायिका मोनी बनिन् ट्रोलको सिकार

एजेन्सी-बलिउड चर्चित नायिका हुन् मौनी रोय । भारतिय टेलिभिजन नागिनबाट निकै चर्चामा आएकी मौनि फिल्म क्षेत्रमा पनि उतिकै सक्रिय रहेकी छिन् । तर, यतिबेला भने मौनी रोयको लुक्समाथि ट्रोल सुरु भएको छ ।हालै मात्र एक कार्यक्रममा पुगेकी मौनीको तस्वीर सामाजिक संजालमा निकै भाइरल भएको छ ।

उनको तस्विर भाइरल भए लगत्लै उनि माथि ट्रोल शुरु भएको हो ।कालो रंगको सर्ट र हरियो रंगको ज्याकेटमा कार्यक्रममा पुगेकी मौनीको अनुहारमा परिवर्तन आएको चर्चा भारतीय मिडियामा सुरु भएको छ । तस्वीर सार्वजनिक भए लगत्तै उनका प्यानहरुले उनको लुक्समा म्याच नभएको र राम्री नदेखिएको प्रतिक्रिया दिएका छन् ।

उनलाई भारतीय मिडियाले प्लास्टिक सर्जरी गरेको बताएका छन् । तर, मौनीले भने आफ्नो इन्स्टाग्राम निरन्तर चेक गर्दा पनि सबै कुरा थाहा हुने जवाफ फर्काएकी छिन् ।